Logo

म्यादी प्रहरीमा ९८ हजारका लागि रोजगारीको अवसर

म्यादी प्रहरीमा ९८ हजारका लागि रोजगारीको अवसर


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । नेपाल प्रहरीले आगामी निर्वाचनका लागि म्यादी प्रहरी माग गरेको छ । प्रहरी प्रधान कार्यालयल मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वचन सुरक्षाका लागि ९८ हजार २ सय ६८ जना म्यादी प्रहरीको भर्ना खुलाएको हो ।

प्रहरीले ५५ दिनको लागि म्यादी प्रहरी माग गरेको हो । सो कालागि असोज २४ गतेदेखि ३० गतेसम्म दरखास्त दिन सकिने छ । आवेदन दिएका म्यादी प्रहरीको सम्पर्क मिति कार्तिक १ गते सम्बन्धित कार्यालयमा तोकिएको छ भने म्यादी प्रहरीको छनौट कार्तिक ५ गतेदेखि ८ गतेसम्म हुनेछ । जसको अन्तिम नतिजा कार्तिक १० गते गर्ने प्रकाशित गरिने भएको छ ।

प्रहरी प्रधान कार्यालयका अनुसार उपत्यकाको हकमा प्रहरी परिसरहरु काठमाडौं, भक्तपुर र ललितपुर तथा सबै जिल्ला प्रहरी कार्यालयहरुबाट दरखास्त बुझाउन सकिनेछ । सोका लागि १८ बर्ष पुरा भई ५४ बर्ष ननाघेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

म्यादी प्रहरीको मासिक तलब भत्ता ४० हजार रुपैयाँ हुनेछ । जसमा प्रति महिना तलब १७ हजार २ सय ३० रुपैयाँ, ४ हजार रुपैयाँ पोशाक भत्ता र १ एक हजार रुपैयाँ सिलाई खर्च पाउनेछन् । यसैगरी निर्वाचनको क्रममा खटिने म्यादी प्रहरीले दैनिक २ सय ५० रुपैयाँ विशेष भत्ता र २ सय ५० रुपैयाँको खाजा खर्च पाउने छन् । निर्वाचनको क्रममा घाइते भएका प्रहरीले अधिकतम एक लाख ५० हजार रुपैयाँसम्मको उपचार खर्च पाउने छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL