Logo

यूरोपमा नेपाली कामदारलाई रोजगारीको अवसर, पोल्याण्डको लागि बुद्ध भिजनले ल्यायो ८९० मागपत्र

यूरोपमा नेपाली कामदारलाई रोजगारीको अवसर, पोल्याण्डको लागि बुद्ध भिजनले ल्यायो ८९० मागपत्र


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । नेपाली कामदारका लागि यूरोपमा रोजगारीको अवसर प्राप्त भएको छ । यस अघि भिजिट भिसामा यूरोप जाने गरेको नेपाली कामदारका लागि यस पटक कामदार भिसामै पोल्याण्डले ठूलो मात्रामा नेपाली कामदार माग गरेको हो ।

पोल्याण्डमा नेपाली कामदार पठाउनका लागि नेपाली म्यानपार कम्पनी बुद्धभिजन ओभर्सिजले विभिन्न पदमा गरी ८ सय ९० जना कामदारको लागि मागपत्र ल्याएको हो । यूरोपको प्रतिष्ठित कम्पनीबाट फर्निचर लगायत विभिन्न कामका लागि नेपाली कामदारको माग भएको बुद्ध भिजन ओभर्सिजका प्रमुख कार्यकारी अधिकृत श्रीबहादुर तामाङले बताए । ‘पहिलो पटक यूरोपबाट ठूलो मात्रामा नेपाली कामदारको माग भएको छ,’ उनले भने, ‘यो नेपाल र वैदेशिक रोजगारीमा जान चाहने नेपाली कामदारको लागि कोशेढङ्गा सावित हुनेछ ।’

उनका अनुसार पोल्याण्डको यूरोपिजिस्का युजिलिनियाले नेपाली कामदारको माग गरेको हो । सम्बन्धित देशको रोजगारदाता कम्पनी नै नेपाल आएर भ्रमण गरेर मागपत्र दिएकाले कागजात पेश गरेको ३५ देखि ४० दिनभित्रमा ओर्क परमिट आउने समेत उनले जानकारी दिए । ‘हामीले सम्बन्धित रोजगारदाता कम्पनीलाई कामगजात पेश गरेको १ हप्ता भित्रमा अफर लेटर दिन्छ,’ उनले भने, ‘अफर लेटर आएलगत्तै ओर्क परमिटका लागि पेश गर्नेछौं ।’ यस अघि सो कम्पनीमा नेपाली कामदारहरु व्यक्तिगत रुपमा गएर काम गरिहेको र अब बुद्ध भिजनले संस्थागत रुपमै पठाउन लागेको समेत उनले जानकारी दिए ।

कम्पनीले सबैभन्दा बढी क्लावेटरमा ३ सय ५० जना कर्मचारी माग गरेको छ भने प्लाष्टरमा २ सय ५० जना कामदार माग गरको छ । यसैगरी इलुस्टेशन ओर्करमा १ सय ५०, कार्पेन्टरमा ५० र अपहोस्टरलमा ४० जना कामदार माग गरेको छ । उक्त सबै पदमा मासिक तलब ६ सय यूरो हुनेछ भने ओभरटाइमको पनि सुविधा रहेको कम्पनीले जानकारी दिएको छ ।

सो कम्पनीको रोजगारीमा जानका लागि सेवा शुल्क सहित कुल लागत ५५ हजार रुपैयाँ लाग्ने तामाङले जानकारी दिए । कम्पनीको भिसा लगाउन सम्बन्धित कामदार नै भारत स्थित पोल्याण्ड दूतावासमा जानु पर्ने भएकाले कागजात पेश गरेको बढीमा ३ महिनाभित्रै रोजगारदाता कम्पनीमा पुग्ने समेत उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL