Logo

सिटी एक्स्प्रेसको साप्ताहिक योजना सार्वजनिक, ८ जनालाई चाँदीको सिक्का १ जनालाई मोबाइल

सिटी एक्स्प्रेसको साप्ताहिक योजना सार्वजनिक, ८ जनालाई चाँदीको सिक्का १ जनालाई मोबाइल


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सिटी एक्स्प्रेस मनी ट्रान्सफरले उत्सव एक्स्प्रेस योजनाको पहिलो सात्ताहित बिजेता घोषणा गरेको छ । कम्पनीले इलेक्ट्रोनिक लक्की ड्र मार्फत बिजेताहरुलाई चाँदीका सिक्का तथा ओप्पो फोन प्रदान गरेको छ । जस अनसन्तरगत राजकुमारी लिम्बु, शोभा गिरी, सर्मिला बानिया क्षेत्री, एरिका गुरुङ्ग, सरिफा मिया, रुपेश ढौगोडा, रीता पौडेल, विकाश राणाले चाँदीका सिक्का पाएका छन् भन सुनिता तामाङ्गले ओप्पो फोन जितेकी छिन् ।

सिटी एक्स्प्रेसले दशैं तिहार र छठलार्र्ई लक्षित गर्दै उपहार योजना सञ्चालनमा ल्याएको हो । सो उपहार योजना ९० दिनसम्म चल्नेछ ।

सिटी एक्स्प्रेसका अनुसार उपहार योजना अन्तर्गत उपभोक्ताहरुले दैनिक एक तोला चाँदीका सिक्काहरु, क्याप, टी सर्ट र किरिङ उपहार जित्न सक्नेछन् । त्यसैगरी साप्ताहिक रुपमा एक जना भाग्यशाली विजेताले ओप्पो मोबाइल र हरेक महिना एक जनालाई एलजी रेफ्रिजिरेटर उपहार प्रदान गरिने छ ।

उपहार योजनाको अन्तमा एक जना बिजेताले बम्पर उपहार अन्तरतग रेनोको क्विड आरएक्सएल कार जित्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
MBL