Logo

होङ्सी शिवम् सिमेन्टले माग्यो ७१ जना कर्मचारी, २ हजार कहिले ?

होङ्सी शिवम् सिमेन्टले माग्यो ७१ जना कर्मचारी, २ हजार कहिले ?


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । डेढ बर्षभित्र संचालनमा आउने लागेको होङसी शिवम् सिमेन्टले ७१ जना कर्मचारी मागेको छ । कम्पनीले विभिन्न पदमा गरी ७१ जना प्राविधिक कर्मचारी माग गरेको हो ।

सोका लागि आगामी सेप्टेम्बर ५ सम्म आवेदन दिने सकिने छ । चिनियाँ बहुराष्ट्रिय कम्पनी होङ्सीले नवलपरासीमा कुल ५२ अर्बको लगानीमा स्थापना गर्न लागेको सिमेन्ट कारखाना हाल निर्माणाधिन अवस्थामा हरेको छ । कम्पनी पूर्ण रुपमा संचालनमा आएसँगै कुल २ हजार जनाले प्रत्यक्ष रोजगारी पाउने भएपनि तत्कालका लागि ७१ जना प्राविधिको लागि मात्र माग गरिएकोक कम्पनीले जानकारी दिएको छ ।

अघिल्लो बैंशाखदेखि निर्माण कार्य शुरु गरेको होङ्सीले आगामी हप्ता लगानी बोर्डसँग आयोजना लागत सम्झौता (पीआईए) गर्दै छ । जसको लागि सम्पूर्ण कागजात तयार भइसकेको बोर्डले जानकारी दिएको छ ।

होङ्सी शिवम् सिमेन्ट कारखानामा नेपालीको ३० र होङ्सी ग्रूपको ७० प्रतिशत लगानी रहेको छ । होङ्सी शिवम् सिमेन्ट कारखाना संचालमा आएसँगै दैनिक १२ हजार टन (२ लाख ४० हजार बोरा) सिमेन्ट र क्लिंकर उत्पादन गर्ने लक्ष्य राखेको छ । होङ्सीले आफ्नो निर्माणकार्य तोकिएकै समयमा सक्ने लक्ष्य लिए पनि नेपाल सरकारले दिनुपर्ने सुविधाहरु सडक तथा बिजुली समयमै नपुग्ने कारणले गर्दा उत्पादन शुर गर्न भने केही ढिलाई हुने देखिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL