Logo

महालेखा परिक्षकले माग्यो १७८ जना लेखापरिक्षण सहायक, अनुभव अनिवार्य

महालेखा परिक्षकले माग्यो १७८ जना लेखापरिक्षण सहायक, अनुभव अनिवार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । महालेखा परिक्षकको कार्यालयले सबै जिल्लाका स्थानीय तह तथा साविकको स्थानीय निकायको गत आर्थिक बर्षको लेखापरिक्षण गर्न लेखापरिक्षण सहायक माग गरेको छ । कार्यालयले एक महिनाका लागि १७८ जना लेखापरिक्षण सहायकबाट आवेदन माग गरेको हो । भदौभित्रै लेखापरिक्षण सम्पन्न गर्ने लक्ष्य पुरा गर्न कार्यालयले कर्मचारी थप गर्न लागेको महालेखापरिक्षक टङ्कमणी शर्माले जानकारी दिए ।

कार्यालयले उक्त पदमा आवेदन दिनका लागि चार्टर्ड एकाउण्टेन्सी परिक्षा उत्तीर्ण गरी तीन बर्षको लेखा परिक्षण अनुभव अथवा व्यवस्थापनमा स्नातक तह उत्तीर्ण गरी १० बर्षको लेखापरिक्षण अनुभव भएको हुनुपर्ने योग्यता निर्धारण गरेको छ । सम्बन्धित जिल्लाकै स्थायी अथवा अस्थायी बासिन्दालाई प्राथमिकता दिने पनि कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार अबको १५ दिनभित्र ईच्छुकले आवेदन दिनुपर्नेछ ।  आवेदन दिदा शैक्षिक योग्यतासहित लेखापरिक्षणको प्रमाणपत्रको प्रतिलिपि, अनुभव खुल्ने प्रमाणपत्र, नेपाली नागरिकताको प्रतिलिपि, चार सय शब्दमा नबढाई स्थानीय तहको लेखापरिक्षणको कार्ययोजनासहित अन्य आवश्यक कागजात माग गरेको छ । आवेदनसम्बन्धि विस्तृत जानकारी कार्यालयको आधिकारी वेबसाईटमा उपलब्ध छ ।

प्रतिक्रिया दिनुहोस्
MBL