Logo

श्रमिक समस्या समाधान गर्न खाडी राष्ट्रमा सम्मेलन गर्दै परराष्ट्र मन्त्रालय

श्रमिक समस्या समाधान गर्न खाडी राष्ट्रमा सम्मेलन गर्दै परराष्ट्र मन्त्रालय


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । परराष्ट्र मन्त्रालयले मध्यपूर्वमा काम गर्ने श्रमिकका समस्या सम्बोधन गर्न सम्बन्धित देशमा अवस्थित कुटनीतिक नियोग र श्रम सहचारीहरुबीचको सम्मेलन गर्ने भएको छ । खाडी मुलुकमा रहेको कामदारको समस्यालाई विशेष ढङ्गबाट सोच्नुपर्ने अवस्था आएको बताउँदै ती देशमा रहेको कुटनीतिक नियोग र श्रम सहचारीहरुबीच सम्मेलन गरेर समस्यालाई सम्बोधन गर्ने तयारी गरिएको उपप्रधान तथा परराष्ट्र मन्त्री कृष्णबहादुर महराले जानकारी दिए ।

अन्तरराष्ट्रिय सम्बन्ध तथा श्रम समितिका सदस्यको सहभागिता हुने गरी खाडी मुलुकमा मध्यपूर्वमा खटिएका कूटनीतिक नियोग र श्रमसहचारीको समन्वय तथा सेमिनार गरेर श्रमिकका विषयमा तत्काल गर्न सकिने कार्यलाई अगाडि बढाइने समेत उनले जानकारी दिए । ‘समस्यामा परेका श्रमिक तत्काल फिर्ता गर्न नसकिए पनि व्यवस्थित र सुरक्षित बनाउन सरकारले पहल गर्ने विश्वास दिलाउँदै त्यस कार्यका लागि सरकारले गम्भिररुपमा पहल गर्नेछ,’ उनले भने ।

वैदेशिक रोजगारीका लागि गन्तव्य मुलुकसँगको कुटनीतिक सम्बन्ध अझ सबल गराउने बताउँदै सरकारी तहमै श्रम सम्झौता गरेरमात्र श्रमिक पठाइने बताए । साथै तत्कालका लागि द्विपक्षीय परामर्श संयन्त्र बनाएर समस्याको समाधान गर्ने समेत उनले जानकारी दिए । ‘संयन्त्र बनाएर काम गर्दा आपसका समस्या पहिचान भइ समस्याको समाधान हुन्छ,’ उनले भने, ‘नेपाली नियोगमा रहेका श्रम डेस्कलाई प्रभावकारी बनाइनेछ ।’

प्रतिक्रिया दिनुहोस्
MBL