Logo

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ बिजयी, सिण्डीकेट हटाउनु पहिलो प्राथमिकता

वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा गुरुङ बिजयी, सिण्डीकेट हटाउनु पहिलो प्राथमिकता


बिजखबर संवाददाता
0
Shares

  1. काठमाडौं । नेपाल वैदेशिक रोजगार व्यवसायी संघको अध्यक्षमा रोहन गुरुङ बिजयी भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी विमल ढकाललाई भारी मतले हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।

शुक्रबार सम्पन्न संघको २५ औं साधारणसभाबाट गुरुङ अध्यक्षमा निर्वाचित भएका हुन् । गुरुङले ४ सय ३४ मत पाउँदा ढकालले ३ सय ४१ मत मात्र ल्याएका थिए ।
गुरुङले अध्यक्षमा निर्वाचिन भएलगत्तै यस क्षेत्रमा देखिएको बिकृति र सिण्डीकेट हटाउनु आफ्नो पहिलो काम भएको बताएका छन् । ‘अहिले बैदेशिक रोजगार क्षेत्रमा भिएलएन, बायोमेट्रिक, माईग्राम्स, ओएससीजस्ता सिण्डीकेट लागू भएका छन्,’ उनले भने, ‘नेपाली कामदार तथा व्यवसायीलाई अनावश्यक दुःख दिने यस्ता सिन्डीकेट हटाउन संघको तर्फबाट नेपाल सरकार र सम्बन्धित देशको सरकारसँग पहल गर्नेछु ।’

यसैगरी नेपाली कामदारको गन्तब्य मुलुसँगको श्रम सम्झौता, रोजगारीमा जाने कामदारलाई गाउँगाउँमै अभिमुखीकरण तालिम संचालन तथा बैदेशिक रोजगार ऐनलाई समयसापेक्ष बनाउन लागिपर्ने समेत उनले उद्घोष गरेका छन् ।

पदाधिकारीमा पनि गुरुङ प्यानलकै बाहुल्यता बढी रहेको छ । गुरुङ नेतृत्वको संयुक्त प्यानलबाट प्रथम उपाध्यक्षमा रामप्रसाद भान्तना बिजयी भएका छन् । उनले आफ्ना प्रतिद्धन्द्धी प्रज्ञान न्यौपानेलाई १ सय ८६ मतले हराएका छन् ।

सदस्यहरुको भने मत गणना भइरहेको छ भने परिणाम आउन अझै केही समय लाग्ने छ । तर, सदस्यमा पनि गुरुङ प्यानलकै बहुमत हुनेछन् ।

कोको भए बिजयी ? मतपरिणाम सहित

प्रथम उपाध्यक्ष
रामप्रसाद भान्तना ४९६ (गुरुङ प्यानलबाट विजयी)
प्रज्ञान न्यौपाने ३१०

द्धितिय उपाध्यक्ष
भुवन गुरुङ ४०७ (ढकाल प्यानल विजयी)
सुवर्ण श्रेष्ठ ३६२

तृतिय उपाध्यक्ष
शुक्र पाख्रिन ४३२ (गुरुङ प्यानलबाट विजयी)
नवल किशोर यादव ३६१

महासचिव
नरेश गेलाल ४४९ (गुरुङ प्यानलबाट विजयी)
सुजित श्रेष्ठ ३७८

सचिव
इश्वर जिसी ४०० (गुरुङ प्यानलबाट विजयी)
विनोद केसी ३६९

कोषाध्यक्ष
राधिका कटुवाल ४०४ (ढकाल प्यानल विजयी)
रमिला ताम्रकार ३३७

प्रतिक्रिया दिनुहोस्
MBL