Logo

हाम्रोबाट पठाएको पैसा कुमारीबाट, ७४ शाखा र ५ हजार एजेन्टमार्फत भुक्तनी

हाम्रोबाट पठाएको पैसा कुमारीबाट, ७४ शाखा र ५ हजार एजेन्टमार्फत भुक्तनी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । कुमारी बैंक र राम्रो रेमिटबीच रेमिट्यान्स भुक्तानी सम्बन्धमा सम्झौता भएको छ । सम्झौता अनुरुप हाम्रो रेमिटमार्फत विश्वका विभिन्न देशबाट पठाएको रकम नेपालस्थित कुमारी बैंकका विभिन्न शाखा तथा कुमारी एजेन्टमार्फत भुक्तानी पाइनेछ ।

रेमिट्यान्स भुक्तानी सम्बन्धमा दुबै संस्थाका प्रतिनिधिले एक सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । सम्झौतामा कुमारी बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृत राजेश श्रेष्ठ र राम्रो रेमिटका प्रमुख कार्यकारी अधिकृत रामेश्वर श्रेष्ठले हस्ताक्षर गरेका हुन् ।

यस सम्झौता अनुसार राम्रो रेमिट मार्फत विश्वका विभिन्न मुलुकबाट आएको रेमिट्यान्स अब कुमारी बैंकले आफ्ना ७४ शाखा कार्यालयहरु र ५ हजारभन्दा बढी कुमारी रेमिटका ऐजन्ट मार्फत झिक्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL