Logo

परराष्ट्र मन्त्री महरा र कतारी राजदूतबीच भेट, नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह

परराष्ट्र मन्त्री महरा र कतारी राजदूतबीच भेट, नेपाली कामदारको सुरक्षामा ध्यान दिन आग्रह


बिजखबर संवाददाता
54
Shares

काठमाडौं । उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले नेपालस्थित कतारका राजदूत अहमद जसिम महोम्मेद अली अल हमरसँग भेटवार्ता गरेका छन् ।

साउदी अबर, युएईलागतयत खाडी मुलुकले कतारमा नाकाबन्दी लगाइको अबस्थामा त्यहाँ कार्यरत नेपाली कामदारको सुरक्षामा चासो दिन महराले राजदूत हमरलाई आग्रह गरेका हुन् । आफ्ना नागरिकको सुरक्षाका सन्दर्भमा आफूले दैनिक सूचना लिइरहेको भन्दै मन्त्री महराले नेपालीको सुरक्षाका विषयमा विशेष ध्यान दिन राजदूतसँग आग्रह गरेका छन् ।

पछिल्लो समय कतारमा देखिएको कुटनीतिक समस्या वार्ता र संबादबाट सुल्झनु पर्नेमा जोड दिँदै उनले शान्तिपूर्ण तवरबाट समस्याको समाधान होस् भन्ने चाहेको बताए । साथै आवश्यक परेमा नेपालले पनि शान्तिपूर्ण समाधानका लागि पहल गरिदिने विश्वास व्यक्त गरे ।

यसैगरी नेपालस्थित कतारका राजदूत अहमदले कतार र अरब राष्ट्रमा कतारका व्यावसायीले सञ्चालन गरेका कम्पनीमा कार्यरत नेपालीको सुरक्षामा आफ्नो सरकारले पूर्ण ध्यान दिने विश्वास दिलाए ।

उनले अरब मुलुकमा देखिएको कुटनीतिक समस्याका कारण नेपालीको सुरक्षामा कुनै समस्या नभएको स्पष्ट गर्दै आगामी दिनमा दुई देशबीच रही आएको सम्बन्ध अझ प्रगाढ हुने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्
MBL