Logo

कोरियन भाषा परिक्षा सुरु, १० हजार कोटामा ७५ हजार सहभागी

कोरियन भाषा परिक्षा सुरु, १० हजार कोटामा ७५ हजार सहभागी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । रोजगार अनुमति प्रणाली(ईपीएस) अन्तर्गतको कोरियन भाषा परिक्षाको पहिलो चरणको परिक्षा बिहान ८ बजेदेखि सुरु भएको छ । बिहान ११ बजेसम्म सञ्चालन हुने पहिलो चरणको परिक्षापछि दिउँसो १२ बजेदेखि अर्को चरणको परिक्षा सुरु हुनेछ । त्यस्तै आइतबार पनि भाषा परिक्षा हुने इपीएस शाखाले जनाएको छ ।

शाखाका अनुसार १० हजार दुई सय कोटाका लागि ७५ हजार ५ सय ८० जनाले आवेदन दिएका छन् । जसमध्य करिब ६६ हजार पुरुष परिक्षार्थी छन् भने ९ हजार ७ सय महिला परिक्षार्थी छन् । परिक्षार्थीले परिक्षामा कालो बल पेन, राहदानीको सक्कल प्रति र प्रवेश पत्र लैजानुपर्ने शाखाले जानकारी दिएको छ । शाखाले परिक्षाका लागि २६ ओटा केन्द्र तोकेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL