Logo

आईएमई कस्टुमर कार्ड प्रयोगमा बोनस पोईन्ट, ५ प्रतिशत छुटदेखि मोवाइलसम्म

आईएमई कस्टुमर कार्ड प्रयोगमा बोनस पोईन्ट, ५ प्रतिशत छुटदेखि मोवाइलसम्म


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । आईएमईले बोनस सहितकोे कस्टुमर कार्ड संचालनमा ल्याएको छ । कम्पनीले ल्याएको कार्ड प्रयोगगर्दा बोनस अङ्क सहित निश्चित उपहार प्राप्त गर्न सकिनेछ । सो उपहार योजना यही माघ १ गतेदेखि २०७४ असार मसान्त सम्मलागु हुनेछ ।

यस योजना अन्तर्गत कस्टुमर कार्ड प्रयोग गरी गरिएका अन्तरराष्ट्रिय कारोबारको भुक्तानी र आन्तरिक संकलन कारोबार रकम अनुुसार निश्चित बोनस अङ्क प्राप्त हुनेछ । निश्चित बोनस अङ्कमा तोकिएको उपहार प्राप्त गर्न सकिनेछ ।

यसैगरी, बोनस अङ्क नलिएको अवस्थामा कस्टुमर कार्ड कारोबार अन्तर्गत प्रत्येक दोस्रो कारोबारको सेवा शुल्कमा ५ प्रतिशत छुटको सुविधा प्राप्त गर्न सकिनेछ । बोनस अंक स्वरुप पेन ड्राइभ, ब्याग, डीसहोम र मोबाईल सेट प्राप्त गर्न सकिनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL