Logo

नेपालको अव्यवस्थित वैदेशिक रोजगारी, १ वर्षमा ७० करोडको ठगी

नेपालको अव्यवस्थित वैदेशिक रोजगारी, १ वर्षमा ७० करोडको ठगी


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । देशको वैदेशिक रोजगारीमा जाने प्रणाली अव्यविस्थत भएसँगै वैदेशिक रोजगारीमा जाने कामदार गठिने क्रम पनि बढेको छ । आर्थिक वर्ष २०७२÷७३ मा म्यानपावर कम्पनी तथा दलालबाट रोजगारीमा जाने कामदारको ६९ करोड ५० लाख रुपैयाँभन्दा बढी रकम ठगिएको छ ।

वैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार गत आवमा कामदारको ६९ करोेड ५० लाख ९६ हजार रुपैयाँ बरावरको ठगी भएको छ । जसमध्ये म्यानपावर कम्पनीले ४७ करोड ५३ लाख रुपैयाँ र व्यक्तिगत रुपमा विकसित मुलुकको रोजगारीमा पठाइदिने आश देखाएर दलालले २२ करोड रुपैयाँ ठगी गरेको तथ्याङ्कले देखाएको छ ।

सो अवधिमा कुल २ हजार १ सय ७२ जना कामदार ठगिएका छन् । जसमध्ये म्यानपावर कम्पनीबाट ७ सय र व्यक्तिगत रुपमा १ हजार ४ सय जना कामदार गठिन पुगेका छन् । विभागका अनुसार म्यानपावर कम्पनीले सम्वन्धित देशको रोजगारीमा पठाएर भनेको काम, तलव सुविधा नदिने तथा कामदारसँग नेपाल सरकारले तोकेभन्दा बढी रकम लिएर ठग्ने गरेका छन् ।

तर, व्यक्तिगत रुपमा भने बढी तलव तथा विकसित देशको रोजगारीमा पठाइदिने लोभ देखाएर अग्रीम रुपमा पैसा उठाएर भाग्ने तरेको उजुरी आउने गरेको विभागले जानकारी दिएको छ ।

सो अवधिमा विभागले ५ सय जना कामदारको १० करोड ३६ लाख रुपैयाँ भने उठाइदिएको छ । कतिपयलाई सहमति तथा कतिपयलाई प्रहरी लगाएर कानुन बमोजिम रकम असुल गरिदिएको विभागका एक अधिकारीले बताए । साथै, विभागले सो अवधिमा ३७ करोड रुपैयाँ बरावरको २ सय २६ वटा ठगीलाई भने अदालमा मुद्दा दायर गरेको छ ।

सैगरी, १४ वटा म्यानपावर कम्पनीलाई कारावाही गरी १४ लाख रुपैयाँभन्दा बढी जरिवाना गरिएको समेत विभागको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्
MBL