Logo

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक, ३५ सय उत्र्तीण

कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक, ३५ सय उत्र्तीण


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकारले रोगजार अनुमति प्रणाली (इपिएस) अन्तर्गत कोरियाली भाषा परीक्षाको नतिजा सार्वजनिक गरेको छ । इपीएस शाखाले यस पटकको भाषा परीक्षामा ३ हजार ५ सय १७ जना उत्र्तिण भएको जानकारी दिएको छ ।

जस अनुसार २ हजार १ सय ४० जना कृषि र १ हजार ३ सय ७७ जना उद्योग क्षेत्रतर्फ उत्र्तीण भएको नेपाल स्थित इपिएस शाखाका प्रमुख डिल्लीराम बास्तोलाले बताए । ‘उत्तीर्ण भएकाहरुको छिट्टै नै स्वास्थ्य परीक्षण गरिने छ,’ उनले भने, ‘त्यस लगत्तै रोष्टर तयार गरिने छ।’

कोरियाले असार ४ र ५ गते भाषा परीक्षा लिएको थियो । जस ५७ हजार १ सय २० जना नेपाल सामेल भएका थिए ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL