Logo

मलेशियामा न्युनतम तलवमान १ हजार पुग्यो, नेपाली कामदारलाई फाइदा

मलेशियामा न्युनतम तलवमान १ हजार पुग्यो, नेपाली कामदारलाई फाइदा


बिजखबर संवाददाता
0
Shares

मलेशियाले कामदारहरुको न्युनतम पारिश्रमिक बृद्धि गरेको छ । मलेशियाले सन् २०१६ को बजेट सार्वजनिक गर्दै न्युनतम तलवमान बृद्धि गरेको हो ।

सरकारले तलवमान बृद्धि गर्दै ९ सय २० रिङ्गिटदेखि १ हजार रुपैयाँसम्म निर्धारण गरेको मलेसियाको दि स्टारले जनाएको छ । उक्त तलवमान शुक्रबारदेखि लागू हुने छ । यस अघि मलेशियाले कामदारको न्युतम तलवमान ८ सय २० रिङ्गिटदेखि ९ सय रिंगेटसम्म तोकेको थियो ।

मलेशिया सरकारले तलव बृद्धि गरेसँगै रोजगारीका लागि जाने कामदारलाई फाइदा पुग्ने छ । मलेशिया सरकारको सो निर्णयबाट ५ लाखभन्दा बढी नेपाली कामदार लाभान्वित हुने छन् ।

मलेसियाको रोजगार दाता महांसघले भने अहिलेको समयमा नयाँ पारिश्रमिक लागू गर्न समस्या पर्ने बताएको छ । महासंघका निर्देशक समासुद्धिन बर्दानले नयाँ पारिश्रमिक अनुसार तलब भुक्तानी गर्न वित्तीय समस्या पर्ने बताएको टि स्टारमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्
MBL