Logo

कोरियाले दियो ५५ सयलाई लेवर कन्ट्रयाक्ट, हालसम्म ३५ हजार गए

कोरियाले दियो ५५ सयलाई लेवर कन्ट्रयाक्ट, हालसम्म ३५ हजार गए


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली इपीएस अन्तरगत ५ हजार ५ सयभन्दा बढी नेपाली कामदारको लागि लेवर कन्ट्रयाक्ट पठाएको छ । २०१६ मा इपीएस प्रणाली अन्तरगत कामदार लैजान अघिल्लो हप्तासम्म सो कन्ट्रयाक्ट पठाएको इपीएस शाखाका निर्देशक डिल्लीराम वास्तोलाले बताए । ‘पछिल्लो समय लेवर कन्ट्रयाक्ट आउनेक्रम बढेको छ,’ उनले भने, ‘जसमध्ये ३ हजार ५ सय उत्पादननमुलक र २ हजार कृषि कामदारको लागि आएको छ ।’

कोरियाले कन्ट्रयाक्ट पठाएका कामदारहरुलाई रोस्टर (जान योग्य सूची)मा राखिएको छ । सोही रोस्टरबाट कोरियाली रोजगारदाताले माग गरे अनुसार कामदार पठाइने छ । तर, रोस्टरमा नाम भएका सवै कामदार रोजगारीमा जाने निश्चित भने नभएको शाखाले जानकारी दिएको छ ।

कोरियाले फागुनको पहिलो हप्तादेखि नेपाली कामदारको छनोट सुरु गरेको थयो । विभागले भाषा परीक्षा पास गरेका कामदारको ३ चरणमा छनोट गर्ने गरेको निर्देशक बास्तोलाले बताए । कोरियाले अब आगामी जुन महिनामा दोस्रो चरणको छनोट गर्नेछ । त्यसको ४ महिनापछि तेस्रो तथा अन्तिममा कामदार छानिने छन् ।

सन् २०१६ को लागि भएको भाषा परीक्षामा ८ हजार ४ सय ९० जना उत्तीर्ण भएका थिए । उत्पादनमुलकतर्फ ५ हजार ८ सय १७ र कृषि तथा पशुपालनतर्फ २ हजार ६ सय ७३ जना उत्तीर्ण भएका थिए । अघिल्लो वर्ष रोष्टरमा रहेका १ हजार जना पनि कोरिया जाने प्रतिक्षामा छन् ।

कोरियाले सन् २००८ देखि नेपालबाट कोरियाली भाषा परीक्षा लिएर कामदार लैजान शुरु गरेको थियो । उसले हालसम्म ४० हजार जना नेपाली कामदारको लागि लेवर कन्ट्रयाक्ट पठाइसकेको छ । जसमध्ये ३५ हजारभन्दा बढी कामदार रोजगारीका लागि कोरिया पुगेका छन् । इपीएस अन्तरगत कोरियालको रोजगारीमा जाने कामदारले न्युनतम १ लाख रुपैयाँदेखि २ लाख रुपैयाँसम्म कमाउँदै आएका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL