Logo

वैदेशिक रोजगारीबाट फर्केकालाई शीप परीक्षण गरेर प्रमाणपत्र, ४ लाख रोजगारी सिर्जना

वैदेशिक रोजगारीबाट फर्केकालाई शीप परीक्षण गरेर प्रमाणपत्र, ४ लाख रोजगारी सिर्जना


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । सरकारले वैदेशिक रोजगारीबाट फर्केका कामदारलाई शीप परीक्षण गरेर प्रमाणपत्र दिने भएको छ । अर्थ मन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७३÷७४ को बजेट प्रस्तुत गर्दै वैदेशिक रोजगारीमा गएर कुन काम गरेको हो सोही अनुरुप शीप परीक्षण गरेर दक्षताको प्रमाणपत्र दिने व्यवस्था गरेको हो ।

उक्त व्यवस्थाले वैदेशिक रोजगारीमा गएर फर्किदा उनीहरुले ल्याएको शीपलाई नेपालमै प्रयोग गर्न सकिने छ । यस अघि नेपाली कामदारहरु वैदेशिक रोजगारीबाट कुनै काममा दक्ष भएर फर्केपनि प्रमाणपत्र नभएका कारण कामबाट वञ्चि हुनु परेको थियो ।

सरकारले शीप परीक्षणका लागि छुट्टै केन्द्र स्थापना गर्ने भएको छ । उक्त केन्द्रबाट शीप परीक्षमा पास भएकालाई उनीहरुको दक्षता अनुसार रोजगारी प्रदान गरिने छ । हाल वैदेशिक रोजगारीबाट कामदारले पठाएको रेमिट्यान्स तथा उनीहरुले ल्याएको शीपको सही सदुयोग हुन सकेको छैन । यो व्यवस्थाले दुवै थरीलाई व्यवस्थित गर्न सहयोग पुग्ने छ ।

यसैगरी सरकारले पहिलो पटक बजेट वक्तव्यमै रोजगारी सिर्जनाको लक्ष्य लिएको छ । आगामी आवमा ४ लाख रोजगारी सिर्जना गर्ने भएको छ । जसको लागि पनि विदेशबाट फर्केका कामदारले ल्याएको शीपको उपयोग गर्न सकिने छ ।

यदि सरकारले आगामी आवमा ४ लाख नयाँ रोजगारी सिर्जना गर्ने हो भने देशको औद्योगिक क्षेत्रले ठूलो फड्को मार्ने नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष पशुपति मुरारकाले बताए । ‘४ लाख रोजगारी सिर्जना गर्न सोही अनुसार उद्योग कलकारखाना खुल्नु पर्छ,’ उनले भने, ‘जसको लागि उपयुक्त खालको लगानीको वातावरण चाहिन्छ ।’ यदि आगामी अवामा ४ लाख नयाँ रोजगारी सिर्जना हुने हो भने नेपाली युवाहरु रोजगारीका लागि विदेशिन नपर्ने उनको तर्क थियो ।

प्रतिक्रिया दिनुहोस्
MBL