Logo

वैदेशिक रोजगारीमा जाने क्रम ४० प्रतिशतले घट्यो, चैतमा २६ हजारमात्र विदेशिए

वैदेशिक रोजगारीमा जाने क्रम ४० प्रतिशतले घट्यो, चैतमा २६ हजारमात्र विदेशिए


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सरकार र वैदेशिक रोजगार व्यवसायीबीचको आन्तरिक द्वन्द्वका कारण बैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उच्च गिरावट आएको छ । झण्डै १ महिना लामो वैदेशिक रोजगार व्यवसायीहरुको आन्दोलनका कारण वैदेशिक रोजगारीमा जाने कामदारको संख्या झण्डै ४० प्रतिशतभन्दा बढीले घटेको छ ।

बैदेशिक रोजगार विभागको तथ्याङक अनुसार चालू आर्थिक वर्षको चैतमा २६ हजार ४ सय जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका छन् । जुन अधिल्लो वर्षको तुलनामा ४० दशमलव ७८ प्रतिशतले कमि हो । गत आवको चैत महिनामा कुल ४४ हजार ७ सय जना नेपाली कामदार वैदेशिक रोजगारीमा गएका थिए ।

व्यवसायी र सरकारको आ–आफ्ना हठका कारण २२ दिनभन्दा बढी समय व्यवसायीहरुले कामदार पठाउन रोक लगाए । सो अवधिमा व्यक्ति गत तथा बैधानिकीकरण भएर जाने कामदारको संख्या बढी रहेको थियो । धेरै जसो म्यानपावर व्यवसायीहरुले आन्दोलनलाई एक्येवद्धता जनाएका कारण विभागबाट श्रम स्वीकृति नै लिएका थिएनन् ।

सो अवधिमा सवैभन्दा बढी कामदार साउदी अरवको रोजगारीमा पुगेका छन् । चैतमा ९ हजार ९६ जना कामदार साउदी अरवको रोजगारीमा पुगेका छन् । केही समययता नेपाली कामदारको प्रमुख गन्तन्वयमा मलेशिया परेपनि अहिले तेस्रो स्थानमा पुगेको छ । कामदारको स्वास्थ्य परीक्षणमा लागू गरिएको वायोमेट्रिक प्रणाली, भिसा प्रोसेसिङको लागि ल्याइएको भिएलएन, फ्रि भिसा फ्रि टिकट तथा गलत प्रचारप्रसारका कारण मलेशियाको रोजगारीमा जाने कामदारको संख्यामा कमि आएको हो । नेपाली कामदारको लागि मलेशिया राम्रो गन्तव्य हुँदाहुँदै पनि जथाभावी प्रचारप्रसार गरिदा कामदार जाने क्रम घटेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

चैतमा कतारको रोजगारीमा दोस्रो बढी कामदार पुगेका छन् । ९ हजार ७५ जना कामदार कामदार कतारको रोजगारीमा पुगेको विभागको तथ्याङ्कमा उल्लेख छ । यसैगरी संयुक्त अरब इमिरेट्को रोजगारीमा ३ हजार ७ सय जना कामदार पुगेका छन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL