Logo

माघमा विदेशीए ३१ हजार कामदार, मलेशिया जाने स्वात्तै घटे

माघमा विदेशीए ३१ हजार कामदार, मलेशिया जाने स्वात्तै घटे


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । अघिल्लो वर्षको तुलनामा बैदेशिक रोजगारीमा जाने कामदारको संख्यामा उच्च गिरावट आएको छ । सरकारले लागू गरेको जिरो कस्ट तथा राजगारीमा जाने कामदारको स्वास्थ्य परिक्षणमा लागू गरिएको वायोमेट्रिक प्रणालीजस्ता विषयले रोजगारीमा जाने क्रम घटेको सम्बद्ध व्यवसायीहरु बताउँछन् ।

बैदेशिक रोजगार विभागको तथ्याङ्क अनुसार आर्थिक वर्ष २०७२/७३ को माघ महिनामा कुल ३१ हजार २ सय कामदार वैदेशिक रोजगारीमा पुगका छन् । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा १८ हजारले कमि हो । गत आवको माघ महिनामा ४८ हजार ९ जना नेपाली कामदार वैदेशिक रोजगारीमा पुगेका थिए ।

अघिल्ला वर्षहरुमा नेपाली कामदारको प्रमुख गन्तव्य मुलुक मलेशिया हुँदै आएकोमा चालू आवमा साउदी अरब परेको छ । मलेशियाको रोजगारीमा जान झण्झटिलो प्रक्रिया अपनाउनुपर्ने हुँदा कामदारहरु अन्य मुलुकको रोजगारीमा जान थालेका हुन् । गत आवको माघ महिनामा कुल २० हजार ३ सय कामदार मलेशियाको रोजगारीमा गएकामा चालू आवको सोही महिनामा ३ हजार ६ सय जना मात्र गएका छन् ।

माघ महिनामा साउदी अरबमा सवैभन्दा बढी कामदार पुगेका छन् । सो अवधिमा १३ हजार ३ सय जना कामदार साउदी अरब पुगेका छन् । यस्तै, कतारको रोजगारीमा ९ हजार ५ सय जना कामदार गएका छन् भने संयुक्त अरब इमिरेट्स (युएई)को रोजगारीमा ३ हजार २ सय जना कामदार गएका विभागको तथ्याङ्कमा उल्लेख छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL