Logo

वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारको राहत, बेरोजगार युवालाई कृषि तथा सेवा क्षेत्रमा रोजगार

वैदेशिक रोजगारीबाट फर्केका युवालाई सरकारको राहत, बेरोजगार युवालाई कृषि तथा सेवा क्षेत्रमा रोजगार



काठमाडौं । सरकारले बैदेशिक रोजगारीबाट फर्केका युवालाई ब्यवसाय गर्नका लागि सुरुआति पुँजी दिने भएको छ । शुक्रबार बार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले उक्त कुरा बताएकी हुन ।

नयाँ युवा उद्यमीलाई ब्यवसायीको लागि कार्यक्रम रहेको उल्लेख गर्दै राष्ट्रपति भण्डारीले सरकारले चालु आवमा सञ्चालित कार्यक्रमलाई पूर्नसंरचना गरेर कार्यक्रम क्षेत्र बिस्तार गरिने नीति तथा कार्यक्रम रहेको बताएकी हुन ।

कोरोना महामारीका कारण पर्याप्त आन्तरिक रोजगारी नभइसकेको र आन्तरिक रोजगारी नहुने र वैदेशिक रोजगारी घट्ने भएकाले वेरोजगारीको संख्या बढ्ने सम्भावना देखिएको भन्दै युवाहरुलाई कृषि तथा सेवा क्षेत्रमा लगाउने सरकारी नीति रहेको उनले स्पष्ट पारेकी छिन । सिपयुक्त र दक्ष जनशक्ति बनाउनका लागि घुम्ति तालिम केन्द्रहरु सञ्चालन गर्नेसमेत सरकारको लक्ष्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL