Logo

युएईले माग्यो नेपाली कामदार पठाउन अनुमति, नेपालले भन्यो तत्काल ल्याउन सकिदैन

युएईले माग्यो नेपाली कामदार पठाउन अनुमति, नेपालले भन्यो तत्काल ल्याउन सकिदैन



काठमाडौं । युएई सरकारले आफ्नो देशमा रहेको नेपालीलाई काठमाडौं ल्याईदिन अनुमति मागेको छ । परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार युएईले त्यहाँ रहेको कामदारलाइ नेपाल ल्याईदिन २ वटा विमान तयारी अवस्थामा राखेको बताएको हो । उनका अनुसार युएईमा कोरोना भाईरसको महामारी फैलिएपछि दुई वटा विमानमा नेपाली कामदारहरुलाई काठमाडौं ल्याउन भन्दै पत्र नै पठाएको छ ।

सोमबार बसेको संसदको राज्यको निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्यांकन समितिको बैठकमा उनले युएईले दुईवटा विमानमा नेपाली कामदारलाई काठमाडौं ल्याइदिन अनुमति मागेको पत्र आइपुगेको जानकारी गराएका हुन् । तर, तयारी नगरी यूएईले भनेको मितिमा विमान आउन दिने अवस्था भने नरहेको उनको भनाइ छ ।

अहिले विदेशबाट आउने सबै नेपालीको व्यवस्थापन गर्ने क्षमता सरकारसँग नभएको बताउँदै उनले श्रम गन्तव्य मुलुकहरुबाट २ लाख १० हजार ८७१ जना नेपालीलाई स्वदेश ल्याउनु पर्ने अवस्था रहेको बताए । भारतले मंगलबारदेखि रेल्वे सेवा सञ्चालन गर्ने भएकाले सीमासम्म आइपुगेर अलपत्र पर्ने नेपालीको संख्या बढ्ने र उनीहरुको व्यवस्थापनको लागि गृह मन्त्रालयले तयारी गरिरहेको पनि उनले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
MBL