Logo

म्यानपावर ब्यवसायीलाई कोरोना रिलिफ, कामदार विदेश नपठाएपनि लाईसेन्स खारेज नहुने

म्यानपावर ब्यवसायीलाई कोरोना रिलिफ, कामदार विदेश नपठाएपनि लाईसेन्स खारेज नहुने



काठमाडौं । वैदेशिक रोजगारीमा कामदार नपठाउने म्यानपार व्यवसायीको पनि इजाजतपत्र (लाईसेन्स) खारेज नहुने भएको छ । विश्वभर महामारीको रुपमा फैलिएको कारोना भाइरसका कारण विश्व नै लकडाउमा परेपछि सरकारले कामदार नपठाउने म्यानपावर व्यवसायीको पनि लाईसेन्स खारेज नगर्ने निर्णय गरेको हो ।

laxmi

यस अघि वैदेशिक रोजगार ऐन २०६४ मा लगातार दुई बर्ष १ सयभन्दा कम कामदार वैदेशिक रोजगारीमा पठाउने व्यवसायीको स्वतः लाईसेन्स खारेज हुने व्यवस्था गरेको थियो । तर, गत हप्ता बसेको मन्त्रिपरिषद्को बैंठकले १ सय जना कामदार नपठाउने ब्यानपावर व्यवसायीको पनि लाईसेन्स खारेज हुने निर्णय गरेको हो ।

कोभिड १९ कारण विश्व नै समस्यामा रहेकाले १ सय जना कामदार नपठाएकै कारण लाईसेन्स खारेज हुने व्यवस्था हटाउनको लागि मन्त्रिपरिषद् बैंठकले वैदेशिक रोजगार ऐन नै परिमार्जनको लागि प्रक्रिया अघि बढाउने निर्णय गरेको हो ।

उक्त ऐन परिमार्जन भएपश्चात कामदार नपठाएपनि म्यानपार कम्पनीहरु खारेज नहुने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जानकारी दिएको छ । ‘हाल वैदेशिक रोजगार ऐन २०६४ संशोधन प्रक्रिया अघि बढाएका छौं,’ मन्त्रालयल स्रोतले भन्यो, ‘ऐन संशोधन हुन केही समय लाग्छ तर विश्वभर फैलिएको कोरोना भाइरसको कारण कामदार नपठाएकै आधारमा म्यानपार कम्पनीको लाईसेन्स खारेज भने हुँदैन ।’

हाल देशमा ८५४ ओटा म्यानपावर कम्पनी संचालनमा रहेका छन् । जसमध्ये १ सय म्यानपावार कम्पनीले मात्र १ सयभन्दा बढी कामदार वैदेशिक रोजगारीमा पठाएका छन् । यदि कोरोनाको महामारी नै नआएको भएपनि चालू आबको अन्त्यसम्ममा ३५० भन्दा बढी म्यानपावरले १ सय जना कामदार वैदेशिक रोजगारीमा पठाउन नसक्ने अवस्था रहेको विभागले जानकारी दिएको छ ।
मन्त्रिपरिषद्को उक्त निर्णयले त्यस्ता म्यानपावर कम्पनीलाई राहत मिलेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL