Logo

मलेसिया बन्दको प्रभाव, घट्यो नेपाल भित्रने रेमिटान्स

मलेसिया बन्दको प्रभाव, घट्यो नेपाल भित्रने रेमिटान्स



काठमाडौं । नेपाली कामदारको रोजगारीको प्रमुख आकर्षक गन्तन्वय मेलेसियाको रोजगारी बन्द हुने नेपाल भित्रने रेमिटान्समा गिरावट आएको छ । अघिल्ला बर्षहरुमा नेपाल भित्रने रेमिटान्समा उल्लेख्य वृद्धि आएपनि चालू अबमा भने गिरावट आएको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आबको पहिलो ३ महिनाको तथ्याङ्क अनुसार नेपाल भित्र्ने रेमिटान्समा ४ शदमलव ९ प्रतिशतले गिरावट आएको थियो ।

गत आबको सोही अबधिमा नेपाल भित्रने रेमिटान्स ३७ दशमलव ३ प्रतिशतले वृद्धि भई कुल २ खर्ब ६० अर्ब भित्रिएकोमा चालू आबको सोही अबधिमा गिरावट आई २ खर्ब ३० अर्ब रुपैयाँ मात्र भित्रिएको छ ।

सो अबधिमा नेपालबाट वैदेशिक रोजगारीमा जाने कामदामा पनि गिरावट आएको छ । अघिल्लो बर्षको तुलनामा चालू आबमा वैदेशिक रोजारीमा जाने कामदारको वृद्धिदरमा कम गिरावट आएपनि गत बर्षको प्रभावका कारण नेपाल भित्र्ने रेमिटान्समा भने उच्च गिरावट आएको हो ।

लामो समयदेखि नेपाल भित्रने रेमिटान्स वृद्धिदर उच्च रहँदै आएकोमा मलेसियाको रोजगारी बन्द भएसँगै घटेन थालेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL