Logo

६ हजार जनालाई सेनामा जागिरको अवसर, सैन्य देखि ड्राईभरसम्म माग

६ हजार जनालाई सेनामा जागिरको अवसर, सैन्य देखि ड्राईभरसम्म माग



काठमाडौं । नेपाली सेनाले एकैपटक ५ हजार ९ सय ३८ जनाको लागि विज्ञापन माग गरेको छ । सेनाले आईतबार एक सुचना जारी गर्दै रिक्त रहेका पदहरुमा खुला प्रतिस्पर्धाबाट पदपूर्तिको लागि योग्यता पुगेका नेपाली नागरिकहरुलाई दरखास्त आह्वान गरेको हो ।

सेनाले जंगी अड्डा काठमाडौं, सेनाका कार्यालयहरु धनकुटा, संखुवासभा, गाईघाट, ओखलढुंगा, झापा, तिप्लेजुङ, धनुषा लगायत ३६ ओटा भर्ना केन्द्रहरुबाट दरखास्त लिने जानकारी दिएको छ । सेनाले साउन १९ गतेदेखि भदौ १६ गतेसम्मका लागि उक्त आवेदन माग गरेको छ ।

सेनाले खोलेको उक्त विज्ञापनमा कक्षा ८ पासदेखि मेडिकलसम्मका आवेदकले दरखास्त दिन सक्नेछन । सेनाका अनुसार केही पदका लागि १८ बर्ष पुरा भई २२ बर्ष ननाघेको हुनुपर्नेछ भने केही पदका लागि १८ बर्ष पुरा भई २६ बर्ष ननाघेको हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL