Logo

कर्मचारीलाई व्यवसायी साझेदार बनाउदै सस्तोडिल, साझेदार बन्न ३ बर्ष काम गर्नु पर्ने

कर्मचारीलाई व्यवसायी साझेदार बनाउदै सस्तोडिल, साझेदार बन्न ३ बर्ष काम गर्नु पर्ने



काठमाडौं । नेपाली ई कमर्स क्षेत्रको कम्पनी सस्तोडिल डट कमले (कर्मचारी स्टक स्वामित्व योजना) सुरु गरेको छ । विगत ३ वर्षदेखि कम्पनीमा कार्यरत कर्मचारीहरु उक्त योजनामा सहभागी हुन सक्ने सस्तोडिलले जानकारी दिएको छ ।

laxmi

सस्तोडिलका वित्त नियन्त्रक अनूप शाक्यका अनुसार आगामी २ बर्ष भित्र कर्मचारी स्टक स्वामित्व योजनाको कुल पुंजीको मुल्याङ्कन १० करोड रुपैयाँको हाराहारीमा पुग्नेछ ।

कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत (सिइओ) अमुन थापाले कर्मचारीहरुलाई कम्पनीकै साझेदार बन्ने अवसर प्रदान गर्न पाएकोमा खुसी ब्यक्त गरेका छन । उक्त योजनामा कर्मचारीहरु सहभागी हुन भने उनीहरुको कार्यरत अवधी तथा कार्यसम्पादन मुल्याङ्कनको आधारमा निर्धारण गरिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL