Logo

पारवहन तथा गोदाम व्यवस्था कम्पनीले माग्यो महाप्रबन्धक, स्नातकोत्तर गरी ५ बर्षको अनुभव हुनुपर्ने

पारवहन तथा गोदाम व्यवस्था कम्पनीले माग्यो महाप्रबन्धक, स्नातकोत्तर गरी ५ बर्षको अनुभव हुनुपर्ने



काठमाडौं । नेपाल पारवहन तथा गोदाम व्यवस्था कम्पनीले महाप्रबन्धक माग गरेको छ । कम्पनीको रिक्त रहेको सो पदका लागि छनौट समिति गठन गरी आवेदन माग गरेको हो ।

उक्त पदको लागि आवेदन दिन मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर गरी ५ बर्ष व्यवस्थापकीय क्षेत्रमा काम गरेको अनुभव हुनुपर्ने छ । इच्छुक व्यक्तिले आजको १५ दिनभित्र उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालयको प्रशासन शाखामा आवेदन बुझाउनु पर्ने छ ।

आवेदकले दरखास्त पेश गर्दा शैक्षिक योग्यताको प्रमाणपत्र, अनुभव, नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि, वैयत्तिक विवरण सहित पासपोर्ट साईजको २ वटा फोटो बुझाउनु पर्नेछ ।साथै महाप्रबन्धकको तलव सुविधा कम्पनीको नियमाअनुसार हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL