Logo

मलेसियाको रोजगारी खुलेसँगै मेडिकल सुचिकृत गर्न मन्त्रालयको आह्वान, निजी र सरकारी दुबैले आवेदन दिन सक्ने

मलेसियाको रोजगारी खुलेसँगै मेडिकल सुचिकृत गर्न मन्त्रालयको आह्वान, निजी र सरकारी दुबैले आवेदन दिन सक्ने



काठमाडौं । सरकारले वैदेशिक रोजगारीको लागि मलेसिया जाने कामदारको स्वास्थ्य परीक्षणका लागि सूचीकरण हुन आह्वान गरेको छ । आजबाट नेपाली कामदारलाई मलेसियाको रोजगारीमा जान खुला भएसँगै श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले मेडिकललाई सूचीकरणका लागि आह्वान गरेको हो ।

laxmi

यस अघि सिण्डीकेट खडागर्दै ३९ वटा मेडिलक सेन्टरले मात्रै मलेसियाको रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्दै आएका थिए । तर, नेपाल तथा मलेसिया सरकारले त्यसलाई खारेज गरेसँगै मन्त्रालयले नयाँ सुचीकरणको लागि आह्वान गरेको हो ।

मन्त्रालयले सूचीकरण गर्नका लागि १५ दिनको समयसीमा तोकेको छ । नेपाल सरकार र मलेसिया सरकारबीच भएको श्रम समझदारी अनुरुप मेडिकल दर्ता गर्न लागिएको मन्त्रालयले जानकारी दिएको छ ।

नयाँ व्यवस्था अनुसार अबका दिनमा मापदण्ड पुरा भएका सबै मेडिकल तथा अस्पतालले स्वास्थ्य परीक्षाका लागि सूचिकृत हुन पाउने भएका छन् । जसका सरकारी अस्पतालदेखि अन्य ठूला मेडिकलहरु समेत आबद्ध हुन सक्नेछन् ।

ती संस्थाहरुले सूचीकरणका लागि निवेदनमै मलेसिया जाने श्रमिकको स्वास्थ्य परीक्षणसम्बन्धी मापदण्ड पूरा गर्न सक्ने भनेर स्वघोषणा समेत गर्नुपर्ने मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL