Logo

नेपालको निमन्त्रणमा मलेसियाली मन्त्री नेपाल आउँदै, सुल्झिएला कामदार समस्या ?

नेपालको निमन्त्रणमा मलेसियाली मन्त्री नेपाल आउँदै, सुल्झिएला कामदार समस्या ?



काठमाडौं । पछिल्लो पटक नेपाल सरकारले नेपाली कामदारलाई मलेसियाको रोजगारीमा जान रोक लगाएसँग सो विषयमा छलफल गर्न मलेसियाली मन्त्री नेपाल आउने भएका छन् ।

केही समय अघि मलेसियाका समाचार संस्थाहरुले मेलसिया सरकार नेपाली कामदार ल्याउन इच्छुक रहेको र सो कार्यका लागि आफुहरु नेपाल सरकारसँग छलफल गर्न तयार रहेको उल्लेख गरेका थिए । त्यसको केही समय लगत्तै श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत नेपाल भ्रमणका लागि त्यहाँका मानव संशाधनमन्त्री एम कुलासेगरनलाई निम्तो पठाएको श्रम मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

‘हामीले गैर कानुनी रुपमा खडा भएका संस्था बन्द भएसँगै नेपाली कामदारहरु मलेसियाको रोजारीमा जान रोखिएका छन,’ मन्त्रालयका एक उच्च अधिकारीले भने, ‘मलेसिया सरकार सो विषयमा छलफल गर्न इच्छुक भएपछि मन्त्रालयले निमन्त्रण पठाएको हो ।’ द्धिपक्षीय छलफलका लागि मेलेसियाका मानव संशाधन मन्त्री नेपाल आउने हल्ला भएपनि त्यसको मिति भने तय नभईसकेको ती अधिकारीको भनाई थियो ।

पछिल्लो समय भिएलएन, जीएसजी, बायोमेट्रिक, वान स्टप सेन्टरलगायतका नाममा नेपाली कामदार गठिएसँगै नेपाल सरकारले त्यस्ता संस्थाहरु बन्द गराएको थियो । उक्त संस्था बन्द भएसँगै नेपाली कामदारहरु मलेसियाको रोजगारीमा जानका लागि बन्द भएको छ ।

उक्त विषयमा छलफल गरी नेपाली कामदारलाई मलेसियाको रोजगारीमा लैजानका लागि मलेसियाका मानव संशाधन मन्त्री नेपाल आउन लागेका हुन् । नेपालले गैर कानुनी रुपमा खुलेका संस्था बन्द गरेर कामदार लैजान रोक लगाएसँगै मलेशिया सरकारले मलेसिया स्थित नेपाली दूतावासमा पनि छलफल गरेको थियो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL