Logo

बैदेशिक रोजगार व्यवसायी भेलाको निष्कर्ष, धरौटी बढाए सरकारलाई चावी बुझाएर आन्दोलनमा

बैदेशिक रोजगार व्यवसायी भेलाको निष्कर्ष, धरौटी बढाए सरकारलाई चावी बुझाएर आन्दोलनमा



काठमाडौं । सरकारले म्यानपावर कम्पनीको धरौटी उच्च रुपमा बढाउने तयारी गरेसँगै वैदेशिक रोजगार व्यवसायीहरुले आन्दोलनमा उत्रने चेतावनी दिएका छन् ।

नेपाल वैदेशिक रोजगार व्यवसायी संघले बृहत व्यवसायी भेला गर्दै सरकारले एकलौटी ढंगबाट धरौटी बृद्धि गर्न खोजेमा सम्पूर्ण म्यानपावर कम्पनीको साँचो बुझाएर चरणबद्ध आन्दोलनमा उत्रने घोषणा गरेका छन् ।

हाल म्यानपावर कम्पनीको धरौटी ३० लाख रुपैयाँ रहेको छ । जसमा नगद ७ लाख र २३ लाख बैंक ग्यारेन्टी रहेको छ । तर, श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सिमित व्यवसायको स्वार्थमा परी आगामी दिनमा म्यानपावर कम्पनीको धरौटी ६ करोड रुपैयाँ पुर्याउने प्रस्ताव गरेका छन् । जसमा नगद २ करोड र बैंक ग्यारेन्टी ६ करोड रुपैयाँ प्रस्ताव गरिएको छ ।

तर, बृहत व्यवसायी भेलाले भने यदि सरकारले आफुखुसी सिमित व्यक्तिको स्वार्थमा परी सो क्षेत्रमा सिण्डिकेट लागू गर्न खोजेमा संघमार्फत सम्पूर्ण व्यवसायीले सरकारलाई साँचो बुझाउने निर्णय गरेका छन् ।

साथै हाल सरकारले प्रस्ताव गरेको धरौटी बृद्धि प्रस्ताव फिर्ता नलिएमा कारवाही प्रक्रियामा अघि बढाइएका पूर्व र अन्तिम स्वीकृतिका काम समेत बन्द गर्ने चेतावनी दिएका छन् ।

मन्त्रालयले हाल धरौटी बृद्धिको लागि अघि बढाएको सम्बन्धमा प्रधानमन्त्री, मन्त्री तथा राजनीतिक दलसँग व्यवसायीको साझा राय राख्न छुट्टै कार्यदल बनाउने निर्णय समेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL