Logo

वैदेशिक रोजगार बचत पत्रमा ८ करोडको आवदेन, मागभन्दा ७० प्रतिशत कम

वैदेशिक रोजगार बचत पत्रमा ८ करोडको आवदेन, मागभन्दा ७० प्रतिशत कम


रक्षा रेग्मी
0
Shares

काठमाडौं । वैदेशिक रोजगार बचतपत्रमा ८ करोड रुपैयाँ बरावरको आवेदन परेको छ । नेपाल राष्ट्र बैंकले यही चैत ७ गते विदेशमा रहेका नेपालीहरुका लागि वैदेशिक रोजगार बचतपत्र निष्काशन गरेको थियो ।

राष्ट्र बैंकले २५ करोड रुपैयाँ बरावरको बैदेशिक रोजगार खुला गरेकोमा ८ करोड रुपैयाँ बरावरको मात्र आवेदन परेको राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा व्यवस्थापन विभाग प्रमुख डा. मिनबहादुर श्रेष्ठले जानकारी दिए । यो रकम अघिल्ला पटकको तुलनामा केही बढी हो ।

वैदेशिक रोजागारीमा गएका कामदारहरुको रकम संकलन गर्ने उद्देश्य अनुरुप उक्त बचतपत्र निष्काशन गरेको थियो । सो बचतपत्रमा लगानीगर्न चाहनेले वार्षिक ९ प्रतिशत ब्याज पाउँनेछन् । बैंक वित्तीय संस्थाले दिने व्याजदरभन्दा झण्डै ३ गुणा बढी भएपनि प्रचारप्रसारको अभावमा कमको मात्र आवेदन परेको सम्बद्ध सरोकारवालाहरु बताउँछन् ।

बचतपत्रमा लगानी गर्नेलाई सरकारले ६/६ महिना व्याज भुक्तानी दिइने छ । त्यस्तो बचत पत्रमा बैदेशिक रोजगारीमा कार्यरत र घर फर्किएको ४ महिना ननाघेका कामदारले मात्र लगानी गर्न सक्नेछन् । जसमा घटीमा ५ हजार रुपैयाँदेखि बढीमा कुल निष्काशित रकमको सिमा नवढाइ ५ हजारले भागगर्दा निशेष जाने रकम हाल्न सकिने व्यवस्था थियो ।

सरकारको प्रचारप्रसार अवभाका कारण बढी प्रतिफल पाउँदा पनि कामदारले आवेदन नदिएको नेपाल मुद्रा विप्रेषक संघका अध्यक्ष राजगोपाल राजभण्डारी बताउँछन् । ‘सरकारले नेपालमा बचतपत्र खुला गर्छ तर नेपाली कामदार रोजगारीका लागि विदेश गएका हुन्छन्,’ उनले भने, ‘कामदार रोजगारीमा गएका मुलुकमै सो सम्बन्धी जनचेतना फैलाउनु जरुरी छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL