Logo

ए लेभल पढाउने १५ वटा कलेज खारेजीको सूचीमा, परे मल्पीदेखि पेन्टागनसम्म

ए लेभल पढाउने १५ वटा कलेज खारेजीको सूचीमा, परे मल्पीदेखि पेन्टागनसम्म



काठमडौं । सरकारले नेपालमा ए लेभल कक्षा संचालन गर्दै आएका १५ ओटा कलेज खारेजीको सूचीमा निकालेको छ ।

laxmi

सरकारले तोकेको मापदण्ड अनुरुप संचालन नगरेको भन्दै शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विभिन्न १५ वटा ए लेभल अध्यापन गराउने कलेजलाई खारेजीको सूचीमा निकालेको हो ।

मन्त्रालयले निकालेको खारेजी सूची अनुसार पेन्टागत एजुकेशन, मल्पी इन्टरनेशनल, ब्रिजवाटर इन्टरनेशनल, एभरेष्ट एजुकेशन, ओरिएण्ट, काठमाडौं भ्याली, क्यापिटल कलेज लगायत रहेका छन् ।

जसमध्ये १२ वटा कलेजले वेलायतको क्याम्ब्रिज विश्वविद्यालयबाट सम्बन्धन लिएर नेपालमा ए लेभल पढाउँदै आएका थिए । यसैगरी अन्य ३ वटा कलेजमध्ये मलेसियाको लिङ्कन विश्वविद्यालय र एशिया प्यासिफिकबाट सम्बन्धन लिएर छन भने अर्कोले अमेरिकाको डेल्टा इन्टरनेशनलबाट सम्बन्धन लिएका थिए ।

मन्त्रालयले उच्च शिक्षा संचालन सम्बन्धी निर्देशिका २०५९ को दोस्रो संसोधन गरेसँगै धरौटी नराखेका कलेजहरुलाई खारेजीको सूचीमा निकालेको हो ।

प्रतिक्रिया दिनुहोस्
MBL