Logo

यी हुन शिक्षामा धेरै खर्च गर्ने विश्वका राष्ट्रहरु

यी हुन शिक्षामा धेरै खर्च गर्ने विश्वका राष्ट्रहरु



काठमाडौं । कुनै पनि राष्ट्र हरेक कुरामा समृद्ध हुनका लागि शिक्षा पनि एक मत्वपुर्ण पाटो हो । तर हाल शिक्षा विश्व परिवेशमा नै अघि सारिएको एक एजेन्डा हुनाले सबै देशले यसमा लगानी बढाउन लागि परेका छन ।

आर्थिक सहयोग तथा विकास संघ ‘ओईसीडी’ ले हालै प्रकाशित गरेको बार्षिक ‘एजुकेशन एट ब ग्ल्यान्स रिपोर्ट’मा विभिन्न ३६ देशको विश्लेषण गरिएको छ । जसमा प्रत्येक देशहरुले शिक्षामा कति लगानी गरेका छन भन्ने प्रष्ट व्याख्या गरिएको छ ।

ओईसीडी राष्ट्रहरुले सन २०१५ मा जम्मा खर्चको ११ प्रतिशत शिक्षामा खर्च गरेका थिए । जसमा ग्रीसले आफ्नो कुल खर्चको ६ प्रतिशत मात्रै शिक्षामा खर्च गरेको छ जुन ओईसीडी राष्ट्रहरुकै सबैभन्दा न्युन खर्च हो । साथै अन्य ५ ओटा देशहरुले मात्रै १५ प्रतिशतभन्दा माथि शिक्षामा खर्च गरेका छन ।

ब्राजिल, चीली, मेक्सिको र न्यु जिल्याण्डले भने १६ देखि १९ प्रतिशतसम्म शिक्षामा लगानी गरेका छन । तर कोस्टारिकाले भने ३० प्रतिशतभन्दा बढि लगानी गरेको देखिन्छ । विभिन्न देशहरुले कुल ग्राहस्थ उत्पादनका आधारमा गर्ने सार्वजनिक खर्चको फिगर छुट्टाछुट्टै छ ।

ओईसीडी राष्ट्रहरुका लागि भने सार्वजनिक खर्च सामान्यतया ४ दशमलव ५ प्रतिशतको रहेको छ । नर्वे भने ७ प्रतिशत सार्वजनिक खर्चसहित उच्च स्थानमा रहेको छ । साथै रुस, जापान र चेक रिपब्लिक भने ३ प्रतिशत मात्रै सार्वजनिक क्षेत्रमा खर्च गर्ने राष्ट्र भएका छन ।

कोस्टारिकाका जम्मा २३ प्रतिशत युवाहरु तेस्रो तहको शिक्षाको पहुँचमा रहेका छन । उनिहरु मात्रै यसको फाईदाको बारेमा बुझ्दछन । तेस्रो तहको शिक्षा लिएका युवाहरु अन्य तहका युवाहरुभन्दा धेरै कमाउने पाईएको छ । यस्तै कोस्टारिकाका भर्खरका युवाहरु भने तेस्रो तहकार शिक्षा ग्रहण गरिसकेपछि सन २००७ को तुलनामा २०१७ मा धेरै रोजगार भएको पनि पाईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL