Logo

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस आफ्नो नतिजा

एसईईको नतिजा सार्वजनिक, यसरी हेर्नुहोस आफ्नो नतिजा



काठमाडौं । राष्ट्रिय परिक्षा बोर्ड सानोठिमी भक्तपुरले एसईईको नतिजा सार्वजनिक गरेको छ । बोर्डले बिहीबार ४ बजे पत्रकार सम्मेलनको आयोजना गर्दै एसईईको नतिजा सार्वजनिक गरेको हो । २०७५ सालको एसईई परीक्षा गत चैत १० गतेबाट सुरु भएको थियो ।

संघीय संरचना अनुसार पहिलो पटक भएको परीक्षामा देशभरबाट ४ लाख ७५ हजार भन्दा बढी परीक्षार्थी सहभागी भएका थिए । तीमध्ये दुई लाख ३६ हजार ४४५ छात्र र दुई लाख ३८ हजार ५५८ छात्रा परीक्षार्थी छन् ।

जसमा विभिनन कारणले ५० जना विद्यार्थिको परिक्षा रद्ध भएका थिए भने अन्यको परिक्षा भने सफल भएको बोर्डले जानकारी दिएको छ । बोर्डका अनुसार विभिनन वेबसाईट, नेपाल टेलिकम, तथा बोर्डको वेबसाईट बाट पनि नतिजा हेर्न सकिने भएको छ ।

यस वर्षको परीक्षामा ३.६ देखि ४ जीपीएसम्म ल्याउने १७ हजार ५ सय ८० जना, ३.२ देखि ३.६ जीपीएसम्म ल्याउने ५१ हजार १ सय ३७ जना, २.८ देखि ३.२ जीपीएसम्म ल्याउने ६३ हजार ७ सय ४१ जना, २ देखि २.४ जीपीएसम्म ९८ हजार २ सय ७ जना रहेका छन् ।

त्यस्तै १.६ देखि २ जीपीएसम्म ल्याउने ९५ हजार ३ सय ७ जना, १.२ जीपीएदेखि १.६ जीपीएसम्म ल्याउने परिक्षार्थीको संख्या ४३ हजार ८ सय ४१ जना रहेका छन् ।

यी हुन नतिजा हेर्न सकिने उपयोगी स्रोतहरु


१ नेपाल टेलिकम १६०० डायल गर्ने
२ नेपाल टेलिकमको वेबसाईट
see.ntc.net.np
३ स्प्यारो एसएमएस मार्फत ३५००१ मा एसईई लेखी आफ्नो सिम्वोल नंवर दिएर पठाउने  

४ यस्तै एडु संजालको वेबसाईट मार्फत see.edusanjal.comपनि हेर्नसकिने छ ।

प्रतिक्रिया दिनुहोस्
MBL