Logo

एसईई को नतिजा नेपाल टेलिकम र स्प्यारो एसएमएस मार्फत यसरी हेर्न सकिने छ

एसईई को नतिजा नेपाल टेलिकम र स्प्यारो एसएमएस मार्फत यसरी हेर्न सकिने छ



काठमाडौं । एसईई परीक्षाको नतिजा थाहा पाउनका नेपाल टेलिकमले अघिल्ला बर्षहरुझैं यस बर्ष पनि विभिन्न सेवाहरु उपलब्ध गराएको छ । परीक्षा नियन्त्रण कार्यालयले नतिजा प्रकाशित गरेको केही समयपछि नै नेपाल टेलिकममार्फत आफ्नो नतिजा थाहा पाउन सकिने गरि उक्त सेवाहरु प्रदान गर्ने गरेको हो ।

नतिजा थाहा पाउनका निम्ति नेपाल टेलिकमको मोबाइलबाट एसईई पछि संकेत नम्बर टाईप गरी १६०० मा सन्देश पठाउनु पर्दछ । जस्तै : see<space>symbol No. टाइप गरी १६०० मा सन्देश पठाउने । यसरी सन्देश पठाउँदा अंक मात्र नलेखी सिम्बोल नम्बरको पछाडि रहेको अक्षर पनि लेख्नुपर्ने टेलिकमले जानकारी दिएको छ ।

यो बाहेक १६०० मा कल गरेर पनि एसईई को नतिजा प्राप्त गर्न सकिन्छ । नेपाल टेलिकमका मोबाइल नम्बरहरु, तारवाला टेलिफोन र सिडिएमए फोनबाट पनि १६०० मा डायल गर्न सकिने छ । यसरी १६०० मा कल गर्दा दिइएको निर्देशन अनुसार आफ्नो सिम्बोल नंवर थिचेर नतिजा थाहा पाउन सकिन्छ ।

यसका साथै नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा लगइन गरेर पनि नतिजा थाहा पाउन सकिन्छ । यसमार्फत मार्कसिट समेत हेर्न सकिन्छ र यसका लागि आधिकारिक जन्म मिति आवश्यक पर्छ । राष्ट्रिय परीक्षा बोर्डले नतिजा प्रकाशित गरेको केही समयपछि नै माथिका सेवा प्रयोग गरी नतिजा हेर्न सकिने छ ।

यस्तै एसईईको नतिजा सार्वजनिक भए लगत्तै स्प्यारो एसएमएसको नम्बर ३५००१ मा एसएमएस गरेरपनि सजिलै आफ्नो परीक्षाफल थाहा पाउन सकिनेछ । यसका लागि अंग्रेजीमा एसईई टाइप गरेर एक स्पेस दिदैं आफ्नो सिम्बोल नम्बर टाइप गरेर ३५००१ मा पठाउनुपर्नेछ।

प्रतिक्रिया दिनुहोस्
MBL