Logo

डिप्लोमा अध्ययनका लागि विदेश जान ‘नो अब्जेक्सन लेटर’ दिन बन्द, अन्यौलमा विद्यार्थी

डिप्लोमा अध्ययनका लागि विदेश जान ‘नो अब्जेक्सन लेटर’ दिन बन्द, अन्यौलमा विद्यार्थी



काठमाडौं । सरकारले डिप्लोमाको लागि विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई ‘नो अब्जेक्सन लेटर’ (एनओसी) दिन बन्द गरेको छ ।

laxmi

पछिल्लो समय डिप्लोमा अध्ययन गर्न जाने विद्यार्थीहरुमा धेरै समस्या आएपछि तत्कालका लागि बन्द गरिएको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय स्रोतले जानकारी दिएको छ । साथै मन्त्रालय अन्तरगतकै एनओसी शाखाले भने माथीको आदेश भन्दै मंगलबारबाट एनओसी लेटर दिन बन्द गरेको जानकारी दिएको छ ।

मन्त्रालयले विभिन्ना देशमा डिप्लोमाका साथै भाषा सिकाइका लागि एनओसी लेटर दिँदै आएको थियो । तर, पछिल्लो समय समस्या आएपछि अस्ट्रेलिया, जापान लगायतका देशहरूमा जाने विद्यार्थीहरूका लागि उक्त लेटर दिन बन्द गरेको हो ।

सरकारले विद्यार्थीहरुलाई नो अब्जेक्सन लेटर दिन बन्द गरेपनि आधिकारी रुपमा कुनै निर्णय भएर चिठ्ठी नआएको इक्यानका पूर्व अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए । ‘अहिले कन्सल्टेन्सीमा आएका विद्यार्थीहरुले सरकारले नो अब्जेक्शन लेटर दिन बन्द गर्यो भन्दै रित्तोहात फर्खिएका छन्,’ उनले भने ।

यसैगरी स्वतन्त्र शैक्षिक परामर्श संघका महासचिव भुपाल तामाङ्ले पनि अहिले सरकारले डिप्लोमा कोर्शका लागि विद्यार्थीहरुलाई एनओसी लेटर दिन बन्द गरेको जानकारीमा आएको बताए । साथै एनओसी शाखामा बुझ्दा माथीको ठाडो आदेश भन्दै बन्द गरेको जानकारीमा आएको र सो विषयमा कुनै आधिकारी धारणा तथा निर्णय भने नआएको उनले बताए । ‘सरकारले गैर कानूनी तरिकाबाट एनओसी दिन बन्द गरेको छ,’ उनले भने, ‘भोलीसम्म हामी सरकारको आधिकारीक धारणा कुर्छौं यदि बन्द नै गरियो भने कानूनी उपचारमा जानेछौं ।’

सरकारले एनओसी लेटर दिन बन्द गरेसँगै हजारौं विद्यार्थीहरु अन्यौला परेको सम्बद्ध कन्सल्टेन्सीहरुले जानकारी दिएका छन् । विदेश अध्ययनको लागि कलेजमा सम्पूर्ण प्रोसेर गरेर पैसा पठाउनका लागि एनओसी लेटर लिन जादाँ सरकारले नदिएपछि धेरै विद्यार्थीहरुको भविश्य नै अन्यौलमा परेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL