Logo

७० जिल्लालाई पूर्ण साक्षर बनाईने, वालवालिकालाई दिवा खाजाका लागि ५ अर्ब विनियोजन

७० जिल्लालाई पूर्ण साक्षर बनाईने, वालवालिकालाई दिवा खाजाका लागि ५ अर्ब विनियोजन



काठमाडौं । सरकारले आगामी आर्थिक बर्षमा ७० जिल्लालाई पूर्ण साक्षर जिल्लाको रुपमा घोषणा गर्ने भएको छ । जसका लागि सरकारले आर्थिक बर्ष २०७६÷७७ विशेष कार्यक्रम संचालन गर्ने भएको छ ।

विद्यार्थी तथा वालवालिकालार्य दिवा खाजा उपलब्ध गराउने भएको छ । उक्त खाजा सम्बन्धित वालवालिकाको आमा मार्फत उपलब्ध गराईने छ ।

जसका लागि सरकारले ५ अर्ब रुपैयाँ विनियोजन गरेको छ । यसैगरी सरकारी विद्यालयका छात्रालाई स्यानिटरी प्याड निशुल्क उपलब्ध गराउने भएको छ ।

सो अबधिमा सबै सामुदायिक विद्यालयको भवन निर्माण कार्यक्रममा ३०० विद्यालयका भवन निर्माण गर्न ८ अर्ब ५३ करोड विनियोजन गरिएको छ । विद्यालय तहको छात्रवृत्तिका लागि ३ अर्ब १९ करोड विनियोजन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL