Logo

हिंसात्मक बन्दै प्रदेश २, धनुषामा राज्यमन्त्रीको गाडी तोडफोड

हिंसात्मक बन्दै प्रदेश २, धनुषामा राज्यमन्त्रीको गाडी तोडफोड



काठमाडौं । प्रदेश नं. २ मा संचालन भईरहेको एसइइ परीक्षा स्थगित गरेको भन्दै आन्दोलनरत परीक्षार्थीले राज्यमन्त्री चढेको गाडीमा तोडफोड गरेका छन ।

धनुषाको सपहीमा प्रदेश सरकारको भूमि व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्रराय यादव चढेको गाडीमा परीक्षर्थीले ढुंगामुडा गरिएको हो । ढुंगामुढाबाट राज्यमन्त्री यादव चढेको गाडीको सिसा फुटेको प्रदेश २ प्रहरी कार्यालयले जानकारी दिएको छ ।

परीक्षर्थीहरुले प्रदेश २ को अधिकांश स्थानहरुमा प्रदर्शन गर्दै आएको समेत प्रहरीले जानकारी दिएको छ । परीक्षर्थीले गरेको विरोधमा प्रहरीले अश्रुग्यास समेत प्रयोग गर्नु परेको बारा प्रहरी कार्यालयले जानकारी दिएको छ ।

प्रहरीका अनुसार आन्दोलनरत विद्यार्थी र प्रहरीबीच भएको झडपमा परि केही प्रहरी जवान र विद्यार्थी घाइते भएका छन । विद्यार्थीहरुले प्रहरीको ना १ झ ७१२ नम्बरको गाडीमा आगजनी गरेका छन ।

प्रतिक्रिया दिनुहोस्
MBL