Logo

आजबाट सुरु भयो एसइई परिक्षा, सांसद चौधरी र नायिका करिश्मा पनि सहभागि

आजबाट सुरु भयो एसइई परिक्षा, सांसद चौधरी र नायिका करिश्मा पनि सहभागि



काठमाडौं । आइतबारदेखि सुरु भएको एसइई परीक्षामा प्रतिनिधिसभा सदस्य शान्ता चौधरी र नायिका करिश्मा मानन्धर पनि सहभागि भएकी छिन ।

प्रतिनिधिसभा सदस्य चौधरी तुलसीपुर उपमहानगर ६ स्थित तुलसीपुर माध्यमिक विद्यालय सेन्टरबाट परीक्षामा सामेल भएकी हुन भने मानन्धर विजय स्मारक मावि डिल्लीबजार केन्द्रबाट परीक्षामा सहभागी भएकी हुन् । करिश्मा त्रिवेणी पब्लिक बोर्डिङ स्कुल मैतीदेवीकी विद्यार्थी हुन् ।

एसईई परिक्षामा करिश्माका लागि साइन्स अलि गाहे विषय रहेको छ भने चौधरीलाई म्याथ र साइन्स रहेको छ । मानन्धर पढाइ छोडेर फिल्मी क्षेत्रमा आएकी थिइन् भने चौधरी पूर्व कमलरी हुन ।

यस वर्षको एसईई परीक्षामा देशभरबाट ४ लाख ७५ हजार परीक्षार्थी सहभागी भएका छन् । तीमध्ये दुई लाख ३६ हजार ४ सय ४५ छात्र र २ लाख ३८ हजार ५ सय ५८ छात्रा छन् ।

प्रतिक्रिया दिनुहोस्
MBL