Logo

यसपटक ४ लाख ७५ हजार ३ जना परीक्षार्थीले एसइई परीक्षा दिँदै, कुन प्रदेशबाट कति

यसपटक ४ लाख ७५ हजार ३ जना परीक्षार्थीले एसइई परीक्षा दिँदै, कुन प्रदेशबाट कति



काठमाडौं । २०७५ सालको एसइई परीक्षा यही चैत १० गतेदेखि २१ गतेसम्म संचालन हुने भएको छ । ११ दिनसम्म संचालन हुने उक्त परीक्षामा देशभरबाट ४ लाख ७५ हजार ३ जना परीक्षार्थीले परीक्षा दिनेछन ।

laxmi

प्रदेश १ मा ८३ हजार ८ सय १८, प्रदेश २ मा ७० हजार ५ सय ६८, प्रदेश ३ मा १ लाख ६ हजार २, प्रदेश ४ मा ४८ हजार ३६, प्रदेश ५ मा ७६ हजार ९ सय ८३, प्रदेश ६ मा ३५ हजार ६ सय २४, र प्रदेश ७ मा ५३ हजार ९ सय ७२ गरी कुल ४ लाख ७५ हजार ३ जना परीक्षार्थी सहभागि हुनेछन ।

यसमा २ लाख ३६ हजार ४ सय ४५ पुरुष र २ लाख ३८ हजार ५ सय ५८ महिला विद्यार्थी छन् । परीक्षा नियन्त्रक कार्यालयका अनुसार परीक्षाका लागि १ हजार ९ सय ६९ केन्द्राध्यक्ष, ३ हजार १ सय ६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालित छन् ।

परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म हुनेछ ।

प्रतिक्रिया दिनुहोस्
MBL