Logo

अष्ट्रेलियामा अलपत्र विद्यार्थीको समस्या समाधान गर्न तात्यो शिक्षा मन्त्रालय, सबै कन्सल्टेन्सीसँग विवरण माग

अष्ट्रेलियामा अलपत्र विद्यार्थीको समस्या समाधान गर्न तात्यो शिक्षा मन्त्रालय, सबै कन्सल्टेन्सीसँग विवरण माग



अष्ट्रेलियाको अष्ट्रेलियन इष्टिच्युट अफ बिजनेश टेक्नोलोजी (एआईबीटी) कलेजमा अध्ययरनत विद्यार्थीको समस्या पहिचानका लागि शिक्षा मन्त्रायले देशमा संचालित सबै कन्सल्टेन्सीसँग विवरण माग गरेको छ । मन्त्रालयले ४ सदस्यीय छानविन समिति गठन गर्दै सबै कन्सल्टेन्सीसँग उक्त कलेजमा विद्यार्थी पठाएको वा नपठाएको विषयमा विरण माग गरेको हो । 

laxmi

मन्त्रालयले उच्च शिक्षा शाखाकी सहसचिव देवकुमारी गुरागाँइको संयोजकत्वमा उपसचिवहरु सहितको ४ सदस्यीय छानविन समिति गठन गरेको हो । जसमा नो अब्जेशन शाखाका प्रमुख देवीप्रसाद उपाध्याय, कन्सल्टेन्सी शाखा प्रमुख कृष्ण पोखरेल र कानुन शाखा प्रमुख शंकर घिमिरे सदस्य रहेको छन् ।समितिले सोमबार सूचना जारी गर्दै देशभर संचालनमा रहेको सबै कन्सल्टेन्सीसँग बिवरण माग गरिएको उक्त समितका सदस्य तथा कन्सल्टेन्सी शाखा प्रमुख कृष्ण पोखरेलले जानकारी दिए ।

‘अहिलेसम्म उक्त कजेलमा विद्यार्थी नपठाएका कन्सल्टेन्सीहरुले बिवरण पेश गरेका छन्,’ उनले भने, ‘हामीले विवरण पेश गर्न ७ दिनको समय दिएका छौं उक्त समयभित्र सबैको विवरण आउनेछ ।’उक्त विवरण आएपछि मात्र एआईवीटी कलेजमा भएको विद्यार्थीको समस्या समाधानका लागि पहल गर्न सकिने उनको भनाई थियो । सुरुमा मन्त्रालयले एआईवीटीसँग नाम जोडिएका कन्सल्टेन्सीसँगमात्र विवरण माग गरेको थियो । तर, त्यसरी समस्या समाधान नहुने भएपछि सबैसँग माग गरिएको हो । 

एआईवीटी कलेजमा नर्सिङ र अन्य विषयमा गरी करिब १२ सय विद्यार्थी अध्ययनका लागि गएको विभिन्न स्रोतबाट प्राप्त भएको छ । जसमध्ये सुरुमा १ दर्जन कन्सल्टेन्सीको नाममात्र मुछिएको थियो । तर, नेपालमा एआईबीटीको १ सय ५० कन्सल्टेन्सीले एजेन्टको रुपमा काम गर्न अनुमति लिएका छन् भने कतिपय सब एजेन्टले पनि उक्त कलेजमा विद्यार्थी पठाएको हुन सक्ने भएकाले मन्त्रालयले सबै कन्सल्टेन्सीसँग विवरण माग गरेको हो । हाल नेपालमा एआईवीटीको प्रत्यक्ष रुपमा १ सय ५० एजेन्ट रहेपनि त्यसमा अन्य कन्सल्टेन्सीले पनि अप्रत्यक्ष रुपमा विद्यार्थी पठाएको हुन सक्ने नेपाल शैक्षिक परामर्श संघ (इक्यान) का निवर्तमान अध्यक्ष प्रकाश पाण्डेले जानकारी दिए ।

‘एआईवीटीको एजेन्ट लिएका धेरै कन्सल्टेन्सीले उक्त कलेजमा विद्यार्थी पठाउन भ्याएका छैनन,’ उनले भने, ‘अहिले देखिएको समस्या नर्सिङ्को हो १ हजार २ सय विद्यार्थी अलपत्र परेको भन्ने खबर आएकोमा नर्सिङ पढ्नका लागि गएका ७० देखि ८० जना मात्र भएको जानकारीमा आएको छ ।’ धेरै जसो विद्यार्थीहरु नेपालबाट व्यवस्थापन विषयमा अध्ययन गर्न गएपनि अष्ट्रेलिया गएर स्वइच्छाले नर्सिङ्मा भर्ना गरेको हुनसक्ने उनको भनाई थियो । 

उक्त कलेजमा पढ्न गएका विद्यार्थीमा समस्या आएसँगै समाधानका लागि शिक्षा र परराष्ट्र मन्त्रालयमार्फत पहल थालिएको पाण्डेले जानकारी दिए । ‘अहिले देखिएका धेरै समस्या विद्यार्थीकै कारणले आएको छ,’ उनले भने, ‘तर हाम्रा कन्सल्टेन्सीले विद्यार्थी पठाएका भएर नैतिक जिम्मेवारी हामीमा आएको छ सोही अनुरुप समस्या समाधानमा लागेका छौं ।’एआईबीटीले सुरुमा व्यवस्थापन संकाय अध्ययनको लागि अष्ट्रेलियन सरकारबाट स्वीकृति पाएको थियो भने नर्सिङको लागि सम्बन्धन लिन आवेदन दिएको थियो ।

मिडियामा धेरै हल्ला आएसँगै अष्ट्रेलियाले ३५ दिने अपिलको समय दिएर कलेज नै बन्द गर्न गर्ने निर्णय गरेको छ । तर, उक्त कलेजले हाल बन्द गर्ने निर्णय नियम विपरित भएको भन्दै अपिल गरिसकेको छ । अबका दिनका अष्ट्रेलियन सरकारको निर्णय पछि मात्र कसरी अघि बढ्ने भन्ने विषयमा निर्णय गर्न सकिने पाण्डे बताउँछन् । 

प्रतिक्रिया दिनुहोस्
MBL