Logo

अष्ट्रेलियामा हजारौं नेपाली विद्यार्थी विचल्लीमा, गैरकानूनी रुपमा विद्यार्थी पठाउने कन्सल्टेन्सीलाई कारबाही गर्न माग

अष्ट्रेलियामा हजारौं नेपाली विद्यार्थी विचल्लीमा, गैरकानूनी रुपमा विद्यार्थी पठाउने कन्सल्टेन्सीलाई कारबाही गर्न माग



काठमाडौं । अष्ट्रेलिया अध्ययनमा गएका १ हजारभन्दा बढी नेपाली विद्यार्थीहरु विचल्लीमा परेका छन् । अष्ट्रेलियाको अध्ययनमा गई विचल्लीमा परेका १ हजारभन्दा बढी विद्यार्थीलाई तत्काल उद्धार एवं उचित शैक्षिक प्रबन्धका लागि अष्ट्रेलिया सरकारसँग आवश्यक पहल गर्न प्रमुख प्रतिपक्र्षीदल नेपाली कांग्रेसले सरकारलाई आग्रह गरेको छ ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्तिमार्फत बिचल्लीमा परेका विद्यार्थीका साथै अष्ट्रेलियास्थित काङ्ग्रेस निकट नेपाली जनसम्पर्क समितिलाई तत्काल यसबारे थप सूचना लिन र आवश्यक समवन्य गर्न केन्द्रीय कार्यालयका तर्फबाट निर्देशन दिएका छन् ।

laxmi

‘हजारौँ नेपाली विद्यार्थीले अष्ट्रेलियाबाट निरन्तर उच्च शिक्षा हासिल गरिरहेका छन् र त्यसप्रति हामी अनुगृहित पनि छौं तर स्थानीय एक शैक्षिक प्रतिष्ठानले विधिवत् दर्ता र सम्बन्धन बेगर विद्यार्थी भर्ना लिएर हजारौंको भविष्य अन्योलमा पुर्याएको छ,’ विज्ञप्तीमा भनिएको छ, ‘नर्सिङ अध्ययन गर्न गएका हाम्रा नेपाली विद्यार्थी समेतले मार्मिक चोट भोग्नु परेको सार्वजनिक विवरणले अभिभावकसँगै हामीलाई पनि मर्माहत तुल्याएको छ ।’

दर्ता नभएको क्याम्पसमा विद्यार्थी पठाउने परामर्शदाताबारे आवश्यक विवरण सङ्कलन गरी आवश्यक कारवाही प्रक्रिया अघि बढाउन समेत काङ्ग्रेसले नेपाल सरकारको ध्यानाकर्षण गराएको छ /रासस

प्रतिक्रिया दिनुहोस्
MBL