Logo

मुलुककै पुरानो मेडिकल कलेजमा ५ डायलासिस मेसिन थप, सबै मेशिन १३ पुगे

मुलुककै पुरानो मेडिकल कलेजमा ५ डायलासिस मेसिन थप, सबै मेशिन १३ पुगे



काठमाडौं । पुरानो मेडिकल कलेज (सीएमएस) भरतपुरले डायलासिसका थप ५ वटा आधुनिक मेसिन सञ्चालनमा ल्याएको छ ।

अस्पतालमा मिर्गौला रोगीको चाप अत्यधिक बढ्दै गएका कारण कलेजले डायलासिसका ५ वटा मेसिन थप गरेको हो ।

थप मेसिन सहित अव अस्पतालमा कुल १३ वटा डायलासिसका मेसिन सञ्चालनमा आएका छन् ।

कलेजका जनसम्पर्क तथा बजार विभाग प्रमुख दुर्गाप्रसाद न्यौपानेले मिर्गौलाका बिरामीहरुको चाप बढेपछि जर्मनबाट ५ वटा फ्रेसनेस डायलासिस मेसिन ल्याइएको जानकारी दिए ।

उनले भने, ‘दुईवटा मेसिन मर्मतमा रहेको हुनाले अब पुरानो मेडिकल कलेजमा १५ वटा डायलासिस मेसिन सञ्चालनमा आउने छ ।’
पुरानो मेडिकल कलेजमा हाल दैनिक ३२ जनाले निःशुल्क डायलासिस गरिरहेका छन । मेसिन थप भएर सञ्चालन गरेपछि दैनिक ४५ जनाको मिर्गौला डायलासिस गर्न सकीएको कलेजले जनाएको छ ।

पुरानो मेडिकल कलेज २३ वर्षअघि भरतपुरमा स्थापना भएको मुलुककै पुरानो कलेज हो । सर्वसाधारणलाई सुलभरुपमा गुणस्तरीय सेवा उपलब्ध गराउने हुनाले यसमा विरामीहरुको चाप समेत बढ्दै गएको छ ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL