Logo

नेपाल र जापानबीच ‘जेडीएस स्किम’ सम्झौता, २० जना सरकारी कर्मचारी जापान पढ्न जाँदै

नेपाल र जापानबीच ‘जेडीएस स्किम’ सम्झौता, २० जना सरकारी कर्मचारी जापान पढ्न जाँदै



काठमाडौं । नेपाल र जापानबीच मानव स्रोत विकासका लागि सहयोग गर्ने (जेडिएस स्किम) सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । नेपालका लागि जापानी राजदूत मसामिकी सईबो र अर्थ मन्त्रालयका सचिव राजन खनालले शुक्रबार उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन ।

उक्त सम्झौता अनुसार जापानले मानव संसाधन विकास छात्रवृत्ति स्किम परियोजना कार्यान्वयनका लागि करिब २ सय ८४ मिलियन जापानी येन अनुदान दिने सम्झौता भएको हो ।

उक्त छात्रवृत्तिद्धारा जापानले आफ्ना ८ ओटा विश्वविद्यालयमा मानव स्रोत विकासको लागि दौतरी राष्ट्रका केही युवालाई पढाउने गर्दछ । उक्त स्किमले जेहेन्दार तथा तिक्ष्ण युवाद्धारा देसको सामाजिक आर्थिक विकासमा टेवा पुग्ने अनुमान लगार्ईएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL