Logo

एसईईको रिजल्ट सार्वजनिक, यसरी थाहा पाउनुहोस आफ्नो नतिजा

एसईईको रिजल्ट सार्वजनिक, यसरी थाहा पाउनुहोस आफ्नो नतिजा



काठमाडौं । माध्यमिक शिक्षा परीक्षा एसईई) को नतिजा सार्वजनिक भएको छ ।

परीक्षा नियन्त्रण कार्यालय सानोठिमीले केही समय अघि मात्रै एसईई को नतिजा शनिबार सार्वजनिक गरेको हो । कार्यालयले दिउसो ४ बजे नै एसईईको नतिजा सार्वजनिक गर्ने तयारी गरेपनि प्राविधिक समस्याका कारण ढिला सार्वजनिक गरेको हो ।

कार्यालयले ग्रडिङ प्रणाली अनुसार एसईईको नतिजा सार्वजनिक गरेको हो । गत चैत पहिलो साता लिएको एसईई परीक्षामा देशभरबाट कुल ४ लाख ५१ हजार ५ सय ३२ जना परीक्षार्थी सामेल भएका थिए ।

यसरी थाहा पाउन सकिन्छ नतिजा 

एसर्इर्इको नतिजा शिक्षा मन्त्रालयको वेबसाइट moe.gov.np, शिक्षा विभाग सानोठिमी भक्तपुरको doe.gov.np र परीक्षा नियन्‍त्रक कार्यालय सानोठिमी भक्तपुरको neb.gov.np मा हेर्न सकिन्छ। नेपाल टेलिकमको वेबसाइट see.ntc.net.np मा पनि नतिजा हेर्न सकिन्छ। साथै नेपाल टेलिकमको १६०० मा डायल गरेर पनि आफ्नो नतिजा पत्ता लगाउन सकिनेछ ।

 

 

प्रतिक्रिया दिनुहोस्
MBL