Logo

एसईईको रिजल्ट आज प्रकाशित, यसरी हेर्नुहोस नतिजा

एसईईको रिजल्ट आज प्रकाशित, यसरी हेर्नुहोस नतिजा



काठमाडौं । एसईई परीक्षाको नतिजा शनिवार प्रकाशित हुने भएको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले शनिवार दिउसो ३ बजे बोर्ड बैठक बोलाएको र ४ बजे पत्रकार सम्मेलनमार्फत नतिजा सार्वजनिक गर्ने जानकारी दिएको छ ।

गत चैत्र महिनामा एसईई अर्थात माध्यामिक शिक्षा परीक्षा दिएर बसेका परीक्षार्थिहरुको नतिजा प्रकाशित हुँदा हेर्नका लागि विभिन्न वेबसाइट तथा फोनको सहयोग लिन सक्नेछन ।

जसका लागि परीक्षार्थिहरुले नेपाल टेलिकमको नंवर १६०० मा डायल गर्न सकिने केन्द्रले जानकारी दिएको छ । यसका साथै परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुर तथा अन्य शिक्षा मन्त्रालयको वेबसाइटहरुमा पनि नतिजा हेर्न सकिनेछ ।

गत चैत्रमा ४ लाख ८५ हजार ५ सय ८६ जनाले एसईई दिएका थिए । केन्द्रले सार्वजनिक गर्ने यो अन्तिम नतिजा पनि हो ।

प्रतिक्रिया दिनुहोस्
MBL