Logo

किंग्स कलेजले थाल्यो नयाँ विषयमा अध्यापन, नेपालमै पढ्न पाइन्छ एनपीएम र एग्री विजनेशमा एमबिए

किंग्स कलेजले थाल्यो नयाँ विषयमा अध्यापन, नेपालमै पढ्न पाइन्छ एनपीएम र एग्री विजनेशमा एमबिए



काठमाडौं । किंग्स कलेजले नेपालमा पहिलो पटक २ नयाँ कोर्सहरु संचालन गर्ने भएको छ । कलेजले यसै बर्षदेखि ‘एमबिए इन नन् प्रफिट म्यानेज्मेण्ट’ र ‘एमबिए इन एग्री विजनेश’ संचालन गर्ने भएको हो ।

अमेरिकाको वेष्टक्लिफ विश्वविद्यालयको सम्बन्धनमा आगामी साउन दोस्रो हप्तादेखि कक्षा संचालन हुने कलेजले जानकारी दिएको छ । उक्त कोर्सहरुको स्विकृती पनि त्रिभुवन विश्वविद्यालयले दिइसकेको कलेजले जानकारी दिएको छ ।

उद्यामशिलतासंग मिल्दोजुल्दो विषय नेपालका लागि आवश्यक भएको भन्दै उक्त २ विषय नेपालमै पठनपाठन गर्न लागेको पनि कलेजले जानकारी दिएको छ ।

यसका साथै नेपालका कृषिक्षेत्र पनि अझै परम्परागत शैलीकै भएको र यसलाइ प्रमुख औधोगीक क्षेत्र र अर्थतन्त्रको मूल आधार बनाउन पर्ने आवश्यक जनशक्ति तथा उद्यमीहरु तयार गर्न यी विषय अध्यापन गर्न लागिएको हो ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL