Logo

इक्यान अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित, पदाधिकारीमा पाण्डे समुहकै पल्लाभारी

इक्यान अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित, पदाधिकारीमा पाण्डे समुहकै पल्लाभारी


बिजखबर संवाददाता
0
Shares

काठमाडौँ । नेपाल शैक्षिक परामर्श संघ (इक्यान) को अध्यक्षमा विष्णुहरि पाण्डे निर्वाचित भएका छन् । शनिबार सम्पन्न क्यानको निर्वाचनमा पाण्डेले आफ्ना प्रतिस्पर्धी सरोजकुमार बस्नेतलाई १२ मतको पराजित गर्दै बिजयी भएका हुन् ।

क्यानको निर्वाचनमा कुल ३ सय ४३ मत खसेकोमा नवनिर्वाचित अध्यक्ष पाण्डेले १ सय ७७ मत प्राप्त गरेका थिए भने उनका प्रतिस्पर्धी बस्नेतले १ सय ६५ मत पाएका थिए ।

यस्तै उपाध्यक्षमा भने बस्नेत प्यानलका महेशबाबु तिमिल्सिना, राजेन्द्र रिजाल विजयी हुँदा पाण्डे समुहका देवीदास भट्टराई निर्वाचिन भएका छन् साथै महासचिवमा पनि पाण्डे प्यानलका शेषराज भट्टराई निर्वाचिन भए ।

क्यानको सचिवमा पाण्डे प्यानलका दीपकराज भुसाल र बस्नेत प्यानलका विक्रम केसी सचिवमा विजयी भएका छन् भने कोषाध्यक्ष र सह–कोषाध्यक्ष दुबैमा पाण्डे प्यानलका क्रमशः गोविन्द अधिकारी र निरुपमा महर्जन विजयी भएका छन् ।

संस्थाको कुल ९ सदस्यमा पाण्डे समुहका ७ र बस्नेत समुहका २ जान विजयी भएका छन् । जसमा वासुदेव दाहाल, कर्णबहादुर गुरुङ, शुष्मा आचार्य, सुदन चौहान, बालकृष्ण श्रेष्ठ, प्रकाश श्रेष्ठ, यज्ञविलास पौडेल, सुनीता श्रेष्ठ र प्रशान्त शाह विजयी भएका हुन् ।

laxmi

प्रतिक्रिया दिनुहोस्
MBL