Logo

अन्तर्राष्ट्रिय स्तरको विद्यालय अब काठमाडौमा

अन्तर्राष्ट्रिय स्तरको विद्यालय अब काठमाडौमा


बिजखबर संवाददाता
27
Shares

अन्तर्राष्ट्रिय स्तरको आवास सुविधा सहित काठमाडौमा वल्र्ड स्कुल सञ्चालनमा आएको छ ।

देशभित्रै अन्तर्राष्ट्रिय स्तरको सुविधा सम्पन्न विद्यालय भवन, सुरक्षित एवम् उपयुक्त शैक्षिक वातवरणमा विद्यार्थीहरूलाई व्यवहारिक, समाज तथा जीवन उपयोगी शिक्षा प्रदान गर्ने उद्देश्यले काठमाडौमा यस वर्षदेखि वल्र्ड स्कुल सञ्चालनमा ल्याएको छ ।

विज्ञानर प्रविधिले ल्याएको अनपेक्षित परिवर्तनलाई आत्मसात गर्ने तथा भविष्यमा आउने चुनौतिलाई सामना गर्न सक्ने दक्ष जनशक्ति उत्पादनका लागि आधारभूत मानिने विद्यालय शिक्षालाई विश्वस्तरीय बनाउन विद्यार्थीहरूलाई कुनै कुरा सिकाउने भन्दा पनि आफैले नया“ विषय कसरी सिक्ने भन्ने कुरामा स्कुलले जोड दिएको छ ।

काठमाडौ वल्र्ड स्कुल भक्तपुरमा करीव १,२०० विद्यार्थीले उक्त स्कुलमा अध्ययन गर्नेछन् भने ३८० जना छात्र÷छात्राहरूको आवास गृह रहने छन । स्वीमिङ पुल सहितको अतिरिक्त क्रियाकलाप भवनमा करिब १५ भन्दाबढी विभिन्न अतिरिक्त क्रियाकलापहरू संचालन हुने विद्यालयले जनाएको छ ।

स्कुलले राष्ट्रिय पाठ्यक्रममा आधारित कक्षा १ देखि १२ सम्मको आधारभूत र माध्यमिक शिक्षा प्रदान गर्नुका साथै ए लेभलको अध्यापन पनि गर्नेछ । तर शैक्षिक सत्र २०७५ मा भने कक्षा १ देखि ५ सम्मको लागि मात्र भर्ना खुला गरिएको छ भने कक्षा ११ र ए लेभलको कक्षाहरू शैक्षिकसत्र २०७६ बाट मात्र सुरू हुनेछ ।

काठमाडौ वल्र्ड स्कुलले अध्यापनको लागि अन्तर्राष्ट्रिय रूपमा ख्याति प्राप्त बेलायतको इन्टरनेसनल प्राइमरी करिकुलम (आइपिसि) को शिक्षण विधिलाई प्राथमिक तहमा र इन्टरनेसनल मिडिल एर्स करिकुलम (आइएमवाइसि) माध्यामिक तहमा अपनाउने छ ।

स्कुल पूर्ण रूपमा सञ्चालनमा आएपछि गुणस्तरीय शिक्षाका लागि अभिभावकहरूले आफ्ना छोराछोरीलाई विदेश पठाउनु नपर्ने विद्यालयको अपेक्षा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL