Logo

सार्क सीसीआई र ग्लोकलबीच सम्झौता, शिक्षा र उद्यमशीलता विकासमा सहयोग

सार्क सीसीआई र ग्लोकलबीच सम्झौता, शिक्षा र उद्यमशीलता विकासमा सहयोग


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । सार्क चेम्बर अफ कमर्स एण्ड इन्डष्ट्रीज (सीसीआइ) र ग्लोकल प्रालिले एक सम्झौतापत्रमा हस्ताक्षर गरेका छन ।

१३ देखि १९ बर्षका किशोर किशोरीको उद्यमशीलता र शिक्षामा अवसर प्रदान गर्न साझा सहयोग पुर्याउने उद्देश्य अनुरुप उक्त सम्झौतापत्रमा हस्ताक्षर गरिएको हो ।

सो अवसरमा सीसीआइका अध्यक्ष सुरज वैद्य र ग्लोकल प्राइभेट लिमिटेडका कार्यकारी निर्देशक आशिष ठाकुरले उक्त सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

यसका साथै आइतबार गरिएको उक्त सम्झौतापत्रमा, उद्योग, वाणिज्य तथा आपूर्ती मन्त्री मात्रिका यादव, अफगानिस्तानका वाणिज्य तथा उद्योग मन्त्री हुमयुं रश्वा तथा भुटानका आर्थिक मामला मन्त्री ल्योन्पो लेके दोर्जेले पनि हस्ताक्षर गरेका थिए ।

सम्झौता अनुसार दुवै पक्षले सार्क देशहरुमा रहेका किशोर किशोरीलाई ग्लोकल टीन हिरो प्लेटफार्म प्रदान गर्ने र ग्लोकल टीन हिरो सार्क रास्ट्रहरुमा लैजानेछन् ।

१३ देखि १९ बर्षका किशोर किशोरीहरुको लागि ग्लोकल टीन हिरो एउटा प्लेटफार्म हो जसले उनीहरुको शुरुवात, सृजना र उत्साहलाई पहिचान गरेर सम्मान गर्दछ ।

ग्लोकलका कार्यकारी निर्देशक आशिष ठाकुरले भने, ‘यो हाम्रो लागि एक महत्वपूर्ण क्षण हो । यो सम्झौताले हामीलाई थप बल र सशक्तिकरण प्रदान गर्ने छ ।’

प्रतिक्रिया दिनुहोस्
MBL