Logo

काठमाडौंमा अष्ट्रेलियन एड्मिसन डे शुरु, पढ्न जाने विद्यार्थीका लागि महत्वपूर्ण प्लेटफर्म

काठमाडौंमा अष्ट्रेलियन एड्मिसन डे शुरु, पढ्न जाने विद्यार्थीका लागि महत्वपूर्ण प्लेटफर्म


बिजखबर संवाददाता
27
Shares

काठमाडौं । एइसीसी ग्लोबलले काठमाडौंमा ‘अष्ट्रेलियन एड्मिसन डे’ को आयोजना गरेको छ । एइसीसीले मंगलबारदेखि काठमाडौंको होटल याक एन्ड यतीमा होटलमा सो कार्यक्रमको आयोजना गरेको हो ।

एइसीसी ग्लोबलले अष्ट्रेलियन एजुकेशन फेयर एन्ड इभेन्टको बर्षमा दूई पटक आयोजना गर्दै आएको छ । आज देखि शुरु भएको अष्ट्रेलियन डे काठमाडौं, पोखरा र चितवन हुने छ । जसअन्तरगत आज काठमाडौंमा गरिएको छ भने जनवरी १८ र १९ मा चितवन र पोखरामा गरिने आयोजकले जानकारी दिएको छ ।

काठमाडौमा आयोजना हुने कार्यक्रममा ३४ कोर्षका प्रदायक तथा पोखरा र चितवनमा भने १४ कोर्ष प्रदायकको सहभागिता रहने विज्ञप्तीमा उल्लेख छ । कम्नीले गत बर्ष गरेको अष्ट्रेलियन एजुकेशन फेयरमा ९ सयभन्दा बढी विद्यार्थीले उत्साहजनक सहभागिता जनाएका थिए ।

यस बर्ष हुने मेलामा पनि काठमाडौंमा १ हजार तथा चितवन र पोखरामा ३५० भन्दा बढी विद्यार्थीको सहभागिता रहने आयोजकले जानकारी दिएको छ । सो मेलाको उद्घाटन नेपालका लागि अष्ट्रेलियन राजदुत पिटर बडले गरेका हुन् ।

एईसीसी ग्लोवलका डेष्टिनेशन हेड सैलेशकुमार झाका अनुसार विद्यार्थी र तिनका अभिभावकले प्रत्यक्ष अष्टे«लिएन कार्ष प्रदायकलाई भेटी भर्ना छात्रवृत्ति तथा भिसा प्रोसेससँग सम्वन्धित आफ्नो जिज्ञासा मेट्ने तथा जानकारी लिने अवसर प्रदान गर्न सक्ने आयोजकले जानकारी दिएको छ ।

सन २००८ मा मेलबर्नमा स्थापित एईसीसी ग्लोबल अहिले ९ देश र २६ शहरमा सञ्चालित छ । प्रधान कार्यलय मेलबर्न अष्ट्रेलियनमा रहेको एईसीसीले न्यूजिल्यान्ड, क्यानडा, अमेरिका र बेलायतका लगि समेत परामर्श प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्
MBL