Logo

‘माल्भिका छात्रवृत्ति’ घोषणा, लुम्बिनी एकेडेमिकबीच सहकार्य

‘माल्भिका छात्रवृत्ति’ घोषणा, लुम्बिनी एकेडेमिकबीच सहकार्य


बिजखबर संवाददाता
0
Shares

काठमाडौं । पूर्व मिस नेपाल माल्भिका सुब्बा र लुम्बिनी एकेडेमिक कलेजको सहकार्यमा ‘माल्भिका छात्रवृत्ति’ घोषणा गरिएको छ । लुम्बिनी एकेडेमिक कलेजमा अध्ययन गर्ने २ जना गरिब एवं जेहेनदार छात्रालाई पूर्ण रुपमा छात्रवृत्ति घोषणा गरिएको हो ।

चाबहिल चुच्चेपाटीस्थित कलेज परिसरमा बिहीबार आयोजित एक कार्यक्रममा पूर्वमिस नेपाल सुब्बा र कलेजका प्रिन्सिपल रविनचन्द्र कोइरालाले उक्त घोषणा गरेका हुन् । छात्रवृत्ति पाउनेमा कक्षा ११ मा अध्ययनरत सोलुखुम्बु नाम्चेबजारकी पासाङ कान्छी शेर्पा र ओखलढुंगाकी तिलिमाया दर्जी छन् । आर्थिक अवस्था कमजोर रहेका उनीहरुलाई २ वर्षको पूर्ण छात्रवृत्ति प्रदान गरिएको कलेजका प्रिन्सिपल कोइरालाले बताए ।

उक्त अवसरमा पूर्व मिस नेपाल सुब्बाले छात्रवृत्ति प्रदान गर्न पाउँदा खुसी लागेको प्रतिक्रिया दिइन् । ‘छात्रवृत्ति पाउने विद्यार्थीले पढेर समाज एवं देशको विकासमा महत्वपूर्ण योगदान गरेको देख्न पाऊँ,’ उनले भनिन्, ‘त्यसो भयो भने हामीले सन्तुष्टिको अनुभूति गर्नेछौं ।’

प्रतिक्रिया दिनुहोस्
MBL